८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाँच वर्षमा ५ नं. प्रदेशका कुनैपनि युवा विदेश जानु पर्दैन : शंकर पोखरेल



शरद रेग्मी, दाङ, ४ मंसिर ।
दाङ निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा (१) का सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले आफूले जितेमा ५ बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गर्नु भएको छ ।
रिपोटर्स क्लव नेपाल दाङ शाखाले हिजो तुलसीपुरमा आयोजना गरेको चुनावी कार्यक्रममा उहाले सक्षम जनशक्ति विकास भएन भने देश नबन्ने हुँदा त्यसैका लागि आफूले जिते इमान्दारी पूर्वक पहल गर्ने बताउनुभयो ।
नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५ को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप प्रदान गर्ने बताउनु भयो । हरेक युवाको स्वास्थ्य विमा बनाउने बताएका पूर्व मन्त्री पोख्रेलले सक्नेले आफै त्यो विमा बनाएता पनि विमा बनाउन नसक्नेहरुलाई राज्यले नै लगानी गरेर विमा बनाइ दिने बताउनुभयो ।
यसैबीच उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन क्षेत्र नं. ३ (१) का लागि नेकपा माओवादी केन्द्रको तर्फवाट प्रदेशसभा सदस्य पदका उम्मेदवार जगप्रशाद शर्मा अपारले भ्रष्टचार अन्त्य चाहनेहरुले आफूहरुका पक्षमा मतदान गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १२ : ४९ बजे