८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

निशुल्क योग शिबिर संचालन



मनिश कार्की, कपिलवस्तु, ४ मसिंर ।
सदरमुकाम तौलिहवामा निशुल्क योग शिबिर संचालन भएको छ । गरौ योग रहौ निरोग नारा सहित ७ दिने योग शिबिर संचालन गरिएको हो । पंतजली योग समिति कपिलबस्तु र नेपाल भारत मैत्री संघ कपिलबस्तुको आयोजनामा तौलिहवा स्थित बुद्धम पद्म माध्यमिक विद्यालयको प्राङ्गणमा शिबिर संचालन गरिएको हो ।
शिविरमा पतन्जली योग समितीका केन्द्रिय सहप्रभारी अर्चना घिमिरे, युवा प्रभारी गणपती मण्डल र केन्द्रिय सदस्य डा. टिपी धमलाले जीवन उपयोगी प्रवचन सहित योग शिविर सन्चालन गरिएको छ ।
शारीरिक एवम् मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको नेपाल भारत मैत्री संघ कपिलबस्तु अध्यक्ष तथा मुल आयोेजक समिती संयोजक अनिरुद्ध प्रसाद उपाध्यायले बताउनुभयो ।
यसै गरी शिविर मंसिर १ गतेदेखि शुरुभएको र ७ गतेसम्म विहान ५ बजे देखि ७ बजे सम्म सन्चालन हुने योग शिविर आयोजक समितिका मिडिया तथा प्रचारप्रसार समितिका संयोजक मनोज श्रीवास्तवले जानकारी दिनुभयो । शिविरमा दैनिक ४ सय देखी ५०० जना सम्मको सहभागी रहेको आयोजकले बताएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १ : २४ बजे