१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सिमा क्षेत्रको विकासमा प्रतिवद्ध छौ : सुरेन्द्रराज आचार्य



कपिलवस्तु, ४ मंसिर ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ का उमेद्धारहरुले यशोधराको गाउंपालिकाको मर्यादपुरमा स्थानीय जनता संग भेटघाट तथा कोणसभा सम्पन्न गरेका छन् । कोण सभामा वोल्दै कांग्रेस कपिलवस्तु प्रतिनिधी सभाका उम्मेद्धार सुरेन्द्रराज आर्चाय तथा प्रदेश सभा उम्मेदवार सुधाकर पाण्डेयले सिमा क्षेत्रमा रहेको खुनुवा नाकामा रहेको छोटी भन्सार कार्यालयलाई व्यवस्थित र ठुलो भन्सार कार्यालय वनाउनको लागी पहल गरेको बताउनुभयो ।
यस अघि पनि अर्थ मन्त्रालयमा भन्सारको विषयमा कुरा लगि सककोेले तत्काल उक्त कार्य हुनेमा स्थानीयलाई विश्वस्त रहन आग्रह समेत गर्नुभयो । साथै नेपाल भारत सम्वन्ध सुधार तथा आपसी मेलमिलाप र विकासको लागी नेपाल सरकार र भारत सरकार विच छलफल गरी सिमामा विभिन्न भौतिक संरचना विकास गर्ने समेत उम्मेदवारहरुले बताएका छन् ।
उता सिमा सम्म वाणगंगा सिचांई प्राणाली र वैदौली सोमडिहमा मर्शैया वाध निर्माण तथा तटवन्धन गरी नियन्त्रण तथा सिंचांई व्यस्थित गर्न योजना पारेको समेत पुर्व सिंचाई राज्य मन्त्री आर्चायले बताउनुभयो । अर्घाखाचीको सन्धीखर्क देखी खुनुवा नाका सम्म व्यापर विस्तार गर्नको लगाी आफुले योजना वनाएको नेता सुधाकर पाण्डेयको भनाई छ ।
नेपाल भारतको सम्वन्ध लाई सुमुधुर राखी थप मेलमिलापका साथ विकासमा हातेमालो गर्न आफुहरु लागेको समेत पाण्डेयले स्पष्ट पार्नुभयो । सभामा कागे्रस महाधिवेशन प्रतिनिधी परमात्मा पाठक , क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेय, मोल्वी हारुन, तौलिहवा उघोग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, पुर्व अध्यक्ष अनिल कुमार कशौधा वडा अध्यक्ष प्रकाश गैरे लगायतले विकासका बारेमा वोलेका थिए ।
यसैविच निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवाहरुले पनि चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको कांग्रेस क्षेत्र नं. ३ ले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १ : ३५ बजे