१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

महिलाको प्रश्न – हाम्रा छोरा छोरी विदेश नजाने दिन कहिले आउँछ ?



पार्वती पाण्डे, कपिलवस्तु, ५ मंसिर ।
निर्वाचन नजिकिदै जाँदा नेता तथा उमेदवारहरु घरदैलोमा व्यस्त छन । गाउँ गाउँ, बस्ती बस्तीमा चुनाबी रौनकता हेर्न सकिन्छ । चोक बजार अनि चिया पसलमा पनि चुनाबकै चर्चा चलेको छ । सोमबार संयुक्त बामगठबन्धनले क्षेत्र नं १ अन्तरगतका विभिन्न स्थानहरुमा भेला गरेको छ । निग्लिहवाको पचेहरामा गरिएको पार्टि प्रवेश एवं भेलामा कार्यक्रम भईरहेको थियो । कार्यक्रम स्थल नजिकै आएर स्थानिय गृहेणी सैनुना चौधरीले बामगठबन्धनका नेता सँग ओजिलो प्रश्न एवं जिज्ञासा तेर्साइन । सबै मानिसहरुले उनी तर्फ हेरेका थिए । सैनुनाले भनिन( हाम्रा छोरा छोरी विदेश नजाने दिन कहिले आउँछ हजुर ? भनेर दुई जोडेकि थिइन ।
चुनाबका बेला युवालाई रोजगार भन्ने हाम्रो अमुल्य मतले जित्ने तर चुनाब जितेपछि गाउँ नर्फकने , गरीबका छोराछोरी सधै रोजगारीका लागि विदेशको खाँडीमा जोखिमपुर्ण काम गर्नु पर्ने उनले भनिन । हाम्रो मत खेर गयो अब मत खेर नजाने छोरा छोरी स्वदेशमै जागिर पाउने ग्यारेन्टी गर्नेलाई मात्र भोट दिने हो –उनले भनीन । निर्णायक मत गृहेणी महिलाहरुको छ । हामी सरसल्लाह गरेका छौ अब मत खेत जान दिदैनौं उनले भनिन । सोहि कार्यक्रममा अर्कि गृहेणी महिला सिता यादवले पनि चौधरीले जस्तै जिज्ञासा राखिन । जनताका छोरा छोरीको कामको ग्यारेण्टी गर्नेलाई मत दिने हो –उनले भनिन । बामगठबन्धन एक भएर चुनाबमा आउँदा स्थानियमा खुशी आएको छ तर मतलाई खेर जान दिनु हुदैन उनले भनिन ।
स्थानियले उठाएका जिज्ञासाहरु मेटाउदै संयुक्त बामगठबन्धनका नेताहरु झविलाल पोख्रेल , भानु प्रकाश श्रेष्ठ, पोमनारायण पौडेलले सुर्य चिन्ह्र र गोलाकार भित्रको हसिँया हतौडीमा भोट दिएर अत्यधिक मतले जिताउन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका टिकाराम कोहांर, ओमकान्त शर्मा, उमराज शर्माको नेतृत्वमा करिब ५० जना कांग्रेस छोडी एमालेमा प्रवेश गरेका थिए । प्रवेशीहरुलाई नेताहरुले टिका लगाएर स्वागत गरेका थिए । एमालेको निति राम्रो लागेकोले आफुहरुले यथास्थितीवादी कांग्रेस परित्याग गरेको बताएका थिए । हिरालाल पौडेलको अध्यक्षता चेतनारायण पौडेल सञ्चालनमा भएको कार्यक्रममा सयौंजनाको सक्रिय उपस्थिती रहेको बामगठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  १२ : ४९ बजे