६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

चुनाव जिते कपिलवस्तुलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउँछु : उपाध्याय



दिपा महत, कपिलवस्तु, ५ मंसिर ।
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ ले सोमबार वाणगंगा नगरपालिका वडा नम्बर ५ र ६ साविकको कोपवा गाविसमा प्रचारप्रसार कार्यलयको उदघाटन गरेको छ । कार्यलयको उद्घाटन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उमेदवार दिपकुमार उपाध्यायले कपिलवस्तु जिल्लालाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउनको लागी आफ्नो भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
साथै उहाले यस क्षेत्रका किसानहरुको लागी सिचाई सुविधा उपलब्ध गराउने बताउनुभयो । उहाले जिल्लामा विकास निर्माणका कार्यहरु तिव्र गतीमा अघि बढाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ का उमेदवार पुरन थारुले आफु पनि कृषिको विद्यार्थी भएकाले कृषकका पिर मर्का बुझी काम गर्ने बताउनु भयो । सोमबार नै कोपवामा भएको घरदैलो कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारु, जिल्ला समन्वय समिती कपिलवस्तुका जिल्ला उपसंयोजक तारावती चौधरी लगायत सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।
उदघाटन कार्यक्रम बुथ प्रचारसमितीका संयोजक कल्लुप्रसाद गुप्ताको अध्यक्षता, ज्ञानु कार्कीको सञ्चालनमा भएको हो । मङ्गलबार वाणगंगा नगरपालिका अन्तरगत वडा नम्बर ३ र ४ मा घरदैलो गर्ने कांग्रेस प्रचारप्रसार समितीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  १२ : ५७ बजे