१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मैले जिते पहिचानका मुद्धा सदनमा उठाउँछु : अब्दुल रसिद



दिपा महत, कपिलवस्तु, ५ मंसिर ।
संघिय समाजवादी फोरम नेपाल कपिलवस्तुले पनि घरदैलो अभियानलाई तिव्र पारेको छ । फोरमले कपिलवस्तु नगरपालिका ८ अन्तरगतका सिहरहिया, सिअरहवा, साविक धरमपनियामा घरदैलो गरेको हो । यसैगरी मायादेवी गाउपालिका वडा नम्बर २ को पकडी चोक, पकडी गाउ, अभिराओ, भरवलीया, भैसकुण्डा, मनखोरिया लगाएतमा पनि घरदैलो गरेको फोरमले जनाएको छ ।
घरदैलो पछि विभिन्न ठाउमा भएका कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर १ सदस्य पदका उमेदवार अब्दुल रसिद खाले आफुले जितेमा पहिचानका मुद्धाहरु सदनमा उठाउने बताउनुभयो । उहाले यसअघि पटकपटक जितेका नेताहरुले मधेशका लागी केहि गर्न नसकेको आरोप लगाउनु भयो । “यस अघि जितेका नेताले मधेशकालागी केहि गर्न सकेनन् नत मधेशी भेगमा कुनै क्याम्पस खोल्न सके नत अस्पतालनै सड्कको अवस्था पनि उस्तै छ उहाले भन्नु भयो । ”
यसैगरी विद्यान सभा सदस्य उमेदवार सहसराम यादवले हिमाल, पहाड, तराई, आदिवासी, जनजाती, मधेसी, दलित (शिल्पी), मुस्लीम, समुदायको अधिकारको लागी निरन्तर सदनमा आफ्नो आवाज उठाई राख्ने बताउनु भएको छ ।
कार्यक्रममा संघिय समाजवादी फोरम नेपाल जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, उपाध्यक्ष सन्दीप पाण्डे, प्रदेश सदस्य अब्दुल रउफ मुसल्वान, मायादेवी गाउपालिका प्रमुख वजरंगी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष संदिप चौधरी, वडा सदस्य वलराम यादव , वडा नम्बर १ का वडा सदस्य हिन्राज चौधरी, लगाएत सयौ कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  १ : ३० बजे