७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिवराजको वडा न १ दिशा मुक्त हुँदै



गीता पौडेल, कपिलवस्तु, ५ मंसिर ।
शिवराज नगरपालिका वडा न १ मंसिर ७ गते खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुने भएको छ । आइतवार वडा न १ मा सरोकारवाला निकायद्धारा गरिएको अनुगमन पछि सबै घरधुरीमा सौचालय बनेको पाइएकाले ७ गते वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।
नेपाललाई सन् २०१७ सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार शिवराज नगरपालिकालाई पनि तोकेकै मिति सम्ममा घोषणा गर्ने अभियान तिव्र पारिएको छ । शिबराज नगरपालिकाका जनप्रतिनिधि गाउंगाउमा जनचेतनामुलक कार्यक्रका साथ सौचालय निमार्णका लागि पुगेको छन् । वर्षौं देखि खालि जग्घामा दिशा पिसाब गर्दै आएका सर्बसाधारणले सौचालय निर्माण गरी प्रयोग गरेको पाईएको छ ।
शिवराज नगरपालिकाको एक उत्कृट वडा बनाउने लक्ष्य सहित वडाका सम्पुर्ण घरमाा शौचालय निमार्ण गरिसकिएको वडा अध्यक्ष जगत वहादुर जिसीले जानकारी दिनुभयो । वडा भित्र रहेका १ हजार ४ सय २३ घर धुरी मध्ये जम्मा ४३ घरधुरीको शौचालय निमार्णधिन अवस्थामा रहेको र अन्य घरधुरीमा शौचालय रहेको अध्यक्ष जिसीले जानकारी दिनुभयो । निमाणधिन रहेका शौचालय अन्तिम अवस्थामा रहेको अनुगमनमा पाईएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  १ : ३२ बजे