५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नगवाबासी भन्छन्, ‘बृद्ध भत्ता बढाउनेलाई भोट दिन्छौ’-बाम उम्मेदवार उत्साहित !



हरि अधिकारी, कपिलवस्तु, ५ मंसिर ।
कपिलवस्तु क्षेत्र नम्बर एकका प्रतिनिधी तथा प्रदेश सभा सदस्यका उम्मेदवारसंग मतदाताले बृद्ध भत्ता बढाउन आग्रह गरेका छन् । कपिलवस्तु एकका प्रतिनिधी सभाका उम्मेदवार चक्रपाणी खनाल र प्रदेश सभा एकका उम्मेदवार विष्णु पन्थी जनताको घरदैलोमा मतदातासंगको भेटघाटमा पुग्दा बृद्ध भत्ता बढाए आफुले भोट दिने बताएका थिए । कपिलवस्तु नगरपालिका १० नगवा गाउँका मतदातासंग बामगठबन्धनका उम्मेदवारको संयुक्त घरदैलो कार्यक्रममा मतदाताले उक्त कुरा बताएका थिए ।

उम्मेदवारले भेट्ने क्रममा स्थानीय ७५ वर्षीय एबिराम शर्माले भन्नुभयो – बामगठबन्धनलाई भोट दिन्छौ, बृद्ध भत्ता बढाएर हामी जस्ताको सम्मान गर । शनिबार कपिलवस्तु नगरपालिकाको १० स्थित फकिकला जिसीको घरदैलोमा पुगेका बामगठबन्धनका उम्मेदवार चक्रपाणी खनाल र विष्णु पन्थीसंग एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउन माग गर्नुभयो । मतदाता जिसीले भन्नुभयो – बुढेसकालको सहारा दिने पार्टी एमाले हो, महिला अधिकारको रक्षा गर्दै सामाजिक सुरक्षामा ख्याल गर ।

त्यस्तै घरदैलोमा पुगेका बामगठबन्धनका प्रतिनिधी सभा एकका उम्मेदवार बलदेव खनाल र सोही क्षेत्रका प्रदेश सभाका एकका उम्मेदवार विष्णु पन्थीले मतदातासंग विकासको पक्षमा काम गर्ने पार्टीलाई जनताले मूल्याङ्कन गर्ने बताएका थिए । उम्मेदवार पन्थीले घरदैलोमा मतदातासंग कपिलवस्तुको विकास र आर्थिक सम्बृद्धिमा जनताले चाहे जस्तै काम गरेर देखाउन बामगठबन्धनलाई जिताउन आग्रह गरेका छन् । उम्मेदवारले जनताको साथले चुनाव जितेर जनताकै हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उम्मेदवार पन्थीले एमालेको मनमोहन अधिकारीको सरकारले एक सयबाट शुरु गरेको बृद्ध भत्ता बामगठबन्धनको सरकार बनेपछि ५ हजार पु¥याउने पार्टीको निती रहेको बताउनुभयो । सोही अवसरमा स्थानीय समुदायले बामगठबन्धनका उम्मेदवारसंग बाटोघाटो, सिंचाई सुविधा, पुल, कृषि मलखाद जस्ता मुख्य समस्या समाधान गर्न माग राखेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  २ : ४२ बजे