१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

केपि र प्रचण्ड आज कपिलवस्तु आउँदै



मायादेवी अनलाइन, कपिलवस्तु, ६ मंसिर ।
आसन्न मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको चुनावी अभियान अन्तर्रगत बामगठबन्धनका शिर्ष नेता बुधबार कपिलवस्तु आउने भएका छन । झापा देखी शुरु भएको एमाले र माओबादी केन्द्रको संयुक्त चुनावी प्रचारप्रसार अभियानको शिर्ष टोली कपिलवस्तु आउने भएका हुन ।
मङ्गलबार चितवनमा भएको चुनावीसभा सकेर बुधबार विहान १० बजे बुटबलको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार दिउसो १२ बजे कपिलवस्तुको वाणगंगा नगरपालिका बुङ्चीको सिद्धार्थ क्याम्पसको प्राङगणमा बामगठबन्धनको भव्य चुनावीसभा हुन लागेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनुभएको छ ।
चुनावीसभामा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तह भएको छ ।
उक्त कार्यक्रममा उपस्थित हुनका लागि बामगठबन्धनका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र सर्वसाधारणलाई नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठले आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको कपिलवस्तु आगमन हुने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावी मिति नजिकिदै जादा दलका नेता गाउँ केन्द्रित भैरहेको बेलामा कपिलवस्तुको सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  २ : ०१ बजे