३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

निग्लिहवा हेल्थ पोस्ट जगदिशपुरमा निर्माण हुँदै



कपिलबस्तु, ६ मङ्सिर ।
निग्लिहवा हेल्थ पोस्टको जगदिशपुरमा निर्माण हुने भवनको मङ्गलबार एक कार्यक्रका बिच सिलन्यास गरिएको छ ।
निशुल्क जग्गा दाताहरू चुन्निलाल मुराउ, मुन्निलाल मुराउ र कृष्ण सापकोटाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । कार्यक्रममा समाजसेबि ललित गुरुङ्ले हेल्थ पोस्ट भवन निर्माणले स्वास्थ्य सेवाको गुणस्तर बढाउने बताउनुभयो । कपिलबस्तु नगरपालिका वडा नं. ९ का अध्यक्ष शिब बहादुर वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१० का वडाअध्यक्ष मोहनलाल शर्मा, समाजसेवी सन्तोषकुमार नाउ लगायतले बोल्दै यो क्षेत्रको स्वास्थ्य अबस्था सुधार गर्न स्थानिय सरकार अझ शसक्त हुने बताउनुभयो ।
हेल्थ पोस्ट ईन्चार्ज हरिराम चौधरीको संन्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङ्बाट जग्गादातालाई फुलमाला र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  ४ : २६ बजे