१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाम उम्मेदवार गाउँगाउँ केन्द्रित, जनताद्धारा भव्य स्वागत



गीता पौडेल, कपिलवस्तु, ६ मंसिर ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै जांदा बिभिन्न पार्टीका उम्मेदवार जनता समक्ष भोट माग्दै गांउगाउ जान थालेका छन । कतिपय पार्टीका नेताहरु चुनावमा मात्र गाउंमा आउने गरेको स्थानियहरुले गुनासो गर्ने गरेका छन । संविधान जारी भएसंगै नयाँ नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मंसिर २१ गते भोट दिन कपिलवस्तु पश्चिमी क्षेत्रका मतदाता पनि आतुर छन ।

स्थानिय तहको निर्वाचन भए पछि गाउंका सोझा जनतामा विकासका केहि आशा पलाएका थिए । अझ आसन्न निर्वाचन पछि गाउ ठाउको विकासले तीव्रता पाउनेमा सर्वसाधारण ढुक्क छन । आफुले चाहेको उम्मेदवारलाई जिताउन मतदाता आ आफ्नो क्षेत्रमा कम्मर कसेर लागेका छन ।

यसैविच बामगठबन्धनले कपिलवस्तु प्रतिनिधिसभा ३ मा घरदैलो अभियानलाई तीव्र बनाएको छ । दैनिक रुपमा मतदाताको घरदैलोमा पुगिरहेका प्रतिनिधिसभा ३ का उम्मेदवार इश्वर दयाल मिश्र र प्रदेशसभा १ का उम्मेदवार अर्जुन केशीलाई जनताले भव्य स्वागत गरिरहेका छन ।

मङ्गलबार पनि बाम गठबन्धनका उम्मेदवारले शिबराज नगरपालिका वडा न. २ बालापुरमा घरदैलो गरेका छन । स्थानियबासिहरुलाई भेट्दै प्रतिनिधी सभाका उमेदवार इश्बर दयाल मिश्र तथा प्रदेश सभा १ का उमेदवार अर्जुन केसीले जनताको हरेक समस्या समाधानको लागी बाम गठबन्धन बनेकोले ढुक्क भएर भोट दिन अनुरोध गर्नु भएको थियो । स्थानियहरु खुसिका साथ उमेद्धवारलाई स्वागत गर्दै माला तथा अबिर लगाएर संगै घरदैलोमा नाचगान गर्दै हिंडेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  ४ : ३४ बजे