११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

राजपा नवलपरासी क्षेत्र नं २ को घरदैलो तिव्र



रबिन्द्र यादव, नवलपरासी, ६ कार्तिक ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं २ को राजपा नेपालका उम्मेदवारहरु आफ्नो घरदैलो कार्यक्रम व्यस्त भएका छन । यसैगरी आज राजपा का उम्मेदवारहरुले रामग्राम नगरपालिकाको पोखरापाली, घोडपाली, ड्राइभर टोल, इमली टोल र पाल्हिनन्दन गाउपालिकाको सुनरी र रामपुरवा लगायत गाउमा घरदैलो गरेको प्रदेश सभाका युवा उम्मेदवार नगेन्द्र अग्रहरीले बताउनु भएको छ ।
परासी र पाल्हीनन्दन क्षेत्रको विकास र मधेसीको हक अधिकार मान सम्मान पहिचान तथा स्वाभिमानका लागि आफु सदैव लागि रहने भनेर अग्रहरीले मतदाता संग भोट मागी रहेका छन । मधेस आन्दोलनमा नवलपरासीमा अग्रहरीको उत्साह जनक र सक्रिय सभागिता रहेको उक्त पार्टीका कार्यकर्ताहरुले बताउछन ।
अग्रहरी युवा र उद्योग व्यवसायी भएकोले वहाको चौतर्फी चर्चा भइरहेको छ । बुधबारको घरदैलो कार्यक्रममा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको देखियो । नवलपरासी क्षेत्र नं २ मा प्रतिनिधिसभा बाट पुर्व शिक्षा राज्य मन्त्री गोविन्द चौधरी प्रदेश सभा (१) बाट सत्राजित यादव र (२) बाट नगेन्द्र अग्रहरीको उम्मेदवारी रहेको छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  २ : ३३ बजे