३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

दीपकुमार उपाध्याय प्रति केपि ओलीको कडा टिप्पणी ! (भिडियो सहित)



विनोद भट्टराई, कपिलवस्तु, ६ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा राष्ट्रलाई समुन्नततर्फ लैजान खोज्दा नेपाली कांग्रेस आत्तालिएको दाबी गरेका छन् ।
बुधबार कपिलवस्तुको वाणगंगामा आयोजित चुनावीसभामा कपिलवस्तु–१ बाट प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार पूर्वराजदूत दीपकुमार उपाध्यायप्रति लक्षित गर्दै ओलीले राजदूत छाडेर चुनाव लड्न आएका उपाध्याय निर्वाचन हारेपछि पुनः राजदूत बनेर फिर्ता जाने जिकिर गरे ।
चुनावीसभामा माओवादी केन्द्रका नेता रामबहादुर थापाले जनताको अधिकार समान हुनेखालको समाजवादी व्यवस्था ल्याउन वाम गठबन्धनले जित्नुपर्ने बताए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  २ : ५२ बजे