७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तुमा ट्रेक्टरको ठक्करबाट बालकको मृत्यु



कपिलवस्तु, ८ मंसिर ।
कपिलवस्तुमा टे«क्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका ८ विसुनपुरमा शुक्रबार विहान टे«क्टरले ठक्कर दिदा शिवराज नगरपालिका वडा नम्बर ६ मजिगवाका ८ बर्षिय असरफी तेलीको मृत्यु भएको हो ।

धर्मनगर देखी विसुनपुर जादँै गरेको लु ३ त २७४० नम्वरको ट्रक्टरले साइकलमा सवार बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जनाए ।

टे«क्टरको ठक्करबाट साइकलमा सवार मृतकका दाजु सामान्य घाइते भएको प्रहरी जनाएको छ । ठक्कर दिने टे«क्टर चालक फरार रहेको र उनको खोजी भैरहेको प्रहरी निरिक्षक भट्टराईले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागी शिवराज अस्पताल लगिएको बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  ७ : ५२ बजे