१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

शेर बहादुर देउवा कपिलबस्तु आउँदै



कपिलवस्तु, ९ मसिंर ।
प्रधानमन्त्री एवं नेपालली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा यही मसिंर १२ गते कपिलवस्तुको सदरमुकाम तौलिहवा आउने भएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तुले राखेको विशाल आमसभालाई सम्वोधन गर्नको लागी प्रधानमन्त्री तौलिहवा आउने नेपाली कांग्रेसका निर्वाचन परिचालन केन्द्रिय सदस्य एवं कपिलवस्तु संयोजक अतहर कमालले जानकारी दिएका छन् ।
सभापती देउवा सहित १ दर्जन केन्द्रिय नेताहरुले वर्तमान अवस्थाको विश्लेषण तथा नेपाली कांग्रेसको निति तथा चुनावी घोषणा पत्रको बारेमा सम्वोधन गर्ने समेत कमालले जानकारी दिनुभयो । सभा १२ गते दिउँसो सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म मा.वि.मा हुने छ ।
विशाल आमसभाको तयारीको लागी नेपाली कांग्रेस कपिलवस्तुले विभिन्न उप समिति निर्माण गरी तयारी सुरुवात गरिसेको समेत जानकारी दिएको छ ।
सो अवसरमा जिल्लाका विभिन्न स्थानवाट १० हजार बढि कार्यकर्ता सभामा सहभागि गराउने संयोजक अतहर कमालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १ : २५ बजे