७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तौलिहवाको भित्रि बजारमा चारपांग्रे गाडी हिडाउन रोक



किरणमान व्रजाचार्य, कपिलवस्तु, ९ मंसिर ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा बढ्दै गएको सवारीहरुको चाप ब्यवस्थापनका लागि तौलिहवा बजारको भित्रि सडकमा बिहान १० देखि दिउँसो ४ बजे सम्म चारपांग्रे गाडीहरुलाई डिड्न रोक लगाईएको छ । कपिलवस्तु नगरपालिकामा आयोजित सरोकारवाला बिच गरिएको बैठकमा सो निर्णय गरिएको हो । एम्बुलेन्स, प्रहरी दमकललाई भने सो अवधिमा समेत चल्न दिने निर्णय गरिएको नगरपालिका मेयर किरण सिंहले बताउनुभयो ।
कृषि कार्यालय देखि महिता सम्मको रोडमा हेबी गाडीलाई निषेध गरिएको छ । बढ्दो ट्राफिक ब्यवस्थापनका लागि आवश्यक्ता अनुसार जेब्रा क्रसिङ र ट्राफिक संकेत राख्ने, सडक किनारमा रहेको नालीको उचित ब्यवस्थापन गर्ने समेत निर्णय भएको छ । छाडा चौपायको ब्यवस्थापनका लागि प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरिने भएको छ ।
सडकका चौपया छाडा छाडनेलाई कारबाही गरिने मेयर सिंहले बताए । नगरपालिका पछाडी रहेको नेपाली सेनाको जग्गामा काञ्जी हाउस बनाउन नेपाली सेनासंग स्विकृत लिने समेत निर्णय गरिएको छ । यस्तै आवश्यक्ता अनुसार सडकमा डिभाईडर राख्ने, फुटपाथ ब्यापारीलाई सडकमा ठेला पसल लगाउनमा रोक लगाईने भएको छ ।
यस बिषयमा माईकिङ गर्ने र एफएममा प्रचारप्रसार गर्ने समेत गर्ने निर्णय गरिएको छ । बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल आचार्य, प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारी, ट्राफिक प्रहरी निरीक्षक अम्मर कार्की, उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी, पश्चिन नेपाल बस ब्यवसायी संघ तौलिहवा प्रमुख संतोाष हमाल लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : ३९ बजे