६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आसन्न चुनाव प्रजातन्त्रबादीले जित्नुपर्छ : उपाध्याय



कपिलवस्तु, ९ मंसिर ।
नेपाली कांग्रेस प्रतिनिधिसभा १ का उम्मेदवार दीपकुमार उपाध्यायले आसन्न चुनाव प्रजातन्त्र विचारधाराले जित्नुपर्ने बताउनुभएको छ । मुलुकमा प्रजातन्त्र र कम्युनिष्ट विचारधाराका दुई शक्ति रहेको उल्लेख गर्दै उम्मेदवार उपाध्यायले कांग्रेसले मात्र मुलुकको निकास दिन सक्ने दाबी गर्नुभयो । वाणगंगा नगरपालिका अन्तर्रगत वडा नम्बर १ र २ मा शनिबार चुनावी कोणसभा गर्दै उहाले मुलुकको आर्थिक समृद्धिको लागि कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

प्रदेशसभा १ का उम्मेदवार पुरन थारुले कृषिको आधुनिकरण गर्दै स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने गरि कां्रग्रेस चुनावी अभियानमा हिडेको बताउनुभयो । सबैको साथ र सहयोग पाए आफ्नो जित सुनिश्चित रहेको भन्दै उहाले अब विकासका नयाँ नयाँ काम आफुले गरेर देखाउने बताउनुभएको छ ।

कार्यक्रममा कांग्रेस नेतृ विमला गैरेले कांग्रेस विकासप्रेमी पार्टी भएको दाबी गर्नुभएको छ । देशको भाग्य कोर्ने निर्वाचन भएकोले ढुक्क भएर मतदान प्रक्रियामा सामेल हुन गैरेले आग्रह गर्नुभएको छ ।  बाजागाजा सहित चुनावी सभा गर्दै हिडेको कांग्रेस प्रतिनिधिसभा १ का विभिन्न स्थानमा पुगि सकेको छ ।

यसैगरि प्रतिनिधिसभा २ का कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले पनि घरदैलो अभियान जारी राख्नुभएको छ । महाराजगञ्ज लगायतका स्थानमा घरदैलो अभियानमा सक्रिय आचार्यले आफुलाई मतदान गरि जिताउन आग्रह गर्नुभएको छ । यसैगरी प्रतिनिधिसभा ३ का कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाह पनि घरदैलो अभियानमै सक्रिय रहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : २४ बजे