१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रिय जनमोर्चाको घरदैलो तथा जनभेटघाट जारी



कपिलवस्तु, ९ मंसिर ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पनि चुनावी अभियान तीव्र पारेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र केही प्रदेशसभामा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले शनिबार पनि विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छ ।

प्रतिनिधिसभा १ का निर्वाचन परिचालन मुल समिति कपिलवस्तुका संयोजक राम प्रसाद बेल्बासेको नेतृत्वमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव भाट क्षेत्री, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (१) का उम्मेदवार दल बहादुर कुवर सहितका नेता शनिबार बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ र ६ का मनोहरापुर, प्रतिडाडा, बैदौली, झन्डा लगायतका गाउँहरुमा घरदैलो गरेको छ ।

उक्त अवसरमा प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्रीले संघियताको खारेजीको लागि आफुलाई भोट दिन आग्रह गर्नुभएको छ । गणतन्त्र र राष्ट्रियताको रक्षा, समृद्धि नेपाल निर्माणको काम राष्ट्रिय जनमोर्चाले मात्र गर्न सक्ने भन्दै गिलास चिह्नमा मतदान गरि जिताउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : २८ बजे