१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भ्रममा नपर्न गठबन्धनका संयोजक पोख्रेलले आग्रह



लक्ष्मण बेल्बासे, कपिलवस्तु, १० मंसिर ।
संयुक्त बाम गठबन्धन तथा स्वतन्त्र समुह कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले गठबन्धनका आधिकारिक उम्मेदवारको विपक्षमा उभिने जो सुकैलाई कडा कार्रबाही गर्ने चेतावनी दिनुभएको छ । शनिबार एक प्रेस विद्दप्ति जारी गर्दै कपिलवस्तु प्रदेश नं. २ का स्वतन्त्र उम्मेदवार असरारुद्धिन मुसलवान (मोटे बाबु) एमालेको कुनै पार्टी कमिटीमा नरहेको पनि स्पष्ट पार्नु भएको छ ।
संयोजक पोख्रेलले गठबन्धनका सबै कार्यर्तालाई आधिकारिक उम्मेद्वार फजलु रहमान (फैजल खान) को पक्षमा एक भएर लाग्न आग्रह गर्नु भएको छ । जारी विज्ञप्तीमा आधिकारिक उम्मेद्वारको विपक्षमा रहने जो कोहीलाई आफ्नो पार्टी र गठबन्धनले कडा कारवाही गर्ने समेत स्पष्ट पारिएको छ ।
मुलुकलाई दिगो शान्ति, स्थिर सरकार र समृद्धिको दिशामा लैजानको लागि बामगठबन्धनले जित्नुपर्ने भन्दै सबै कार्यकर्ता आ आफ्नो क्षेत्रबाट खटिएर लाग्न अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको छ ।
राजनीतिक जीवनको यात्रामा कुनै बेला एक आपसमा तीता, मिठा कुरा भएको भएपनि पार्टी भन्दा ठुलो व्यक्ति हुन नसक्ने भन्दै बामगठबन्धनका आधिकारीक उम्मेदवारको पक्षमा उभिएर लाग्न उहाले सबै नेता तथा कार्यकर्तालाई एक विज्ञप्ति मार्फत आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  २ : ३४ बजे