१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुई बटै गठबन्धन लोकतन्त्र विरोधी : सिपि गजुरेल



दिपक अनुरागी, कपिलवस्तु, १० मंसिर ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपि गजुरेलले नेपालमा लोकतन्त्र खतरामा पर्न थालेको दाबी गरेका छन । अहिले बामपंथी र लोकतान्त्रिक गठबन्धनको नाममा देशमा निरङ्कुश तानशाह ल्याउन खोजिएको भन्दै संयोजक गजुरेलले लोकतन्त्र बचाउने जिम्मा अब जनताको हातमा आएको जिकिर गरे ।

कपिलवस्तुको जीतपुर चारनम्बरमा आइतबार भएको पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले दुई वटै गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए । ‘कांग्रेस, राप्रपाले लोकतान्त्रिक गठबन्धन बनाएका छन्, कांग्रेस र राप्रपाको राजनीतिक विचार मिल्छ उनले प्रश्न गरे ।’ एमाले र माओबादीलाई बामपंथी दल भन्न नमिल्ने भन्दै उनले बागठबन्धन भनेर जनतालाई भ्रममा नपार्न चेतावनी दिए ।

नेकपा (क्रान्तिकारी माओबादी) का नेता समेत रहेका गजुरेलले माओबादी केन्द्रमा राजनीतिक नैतिकता हराउन थालेको आरोप लगाए । ‘प्रचण्डजी सत्तामा हुनुहुन्छ प्रधानमन्त्रीले मन्त्रीबाट हटएर विनाविभागिय बनाएका छन मन्त्री बस्ने ठाउँ नभएर कोठामा बसेका छन तर राजीनामा दिदैनन् उनले कटाक्ष गर्दै भने, यहि हो माओबादी केन्द्रको नैतिकता ।’ स्थानीय तहको निर्वाचनमा देउवा संग मिलेर आफ्नी छोरीलाई जिताएका प्रचण्डले अहिले आफु सुरक्षित हुन ओली संग मिलेको आरोप लगाए ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवार उठाएर चुनावी प्रचारप्रसारमा हिडेका उनले देशको संविधान पश्चगामी भएकोले खोरजीको माग गरे । आफुहरुले दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गरेको भन्दै अहिलेको संविधानलाई आफुहरुले नमान्ने दाबी गरे । देशमा क्रान्तीले हार खाएको छ प्रतिक्रान्ति हावी छ उनले भने, ‘ यस्तो बेला कोठामा बसेर क्रान्तिका कुरा गर्न सुहाउँदैन त्यसैले निर्वाचनको उपयोग गरेका हौँ ।’ अब निर्वाचनबाट जनमत सिर्जना गरेर सडक र सदन तताउने उनले बताए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओबादीका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा १ का उम्मेदवार समिर केसीले जनबादी राज्यसत्ताको लागि आफुहरुको चुनाव चिह्न मुठ्ठीमा भोट दिई जिताउन आग्रह गरे । देशमा रहेको व्याप्त गरिबी, वेरोजगारी हटाउनका लागि आफुहरुले जित्नुपर्ने भन्दै पैसा बाँडेर चुनाव जित्ने सपना नदेख्न ठुला दललाई चेतावनी दिए । उक्त कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओबादी) का जिल्ला सचिव आकाश बुढाथोकीले गरेका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  १० : ०० बजे