११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु, ११ मंसिर ।
कपिलवस्तुमा आइतबार राती सवारी दुर्घटना हुँदा दुई जना युवकको ज्यान गएको छ । ज्यान जानेमा रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर १ पर्रोहवाका आन्दाजी १९ बर्षिय प्रेम थारु र सोही ठाउँका अन्दाजी १८ बर्षिय राजेश थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पूर्वबाट पश्चिम जादैँ गरेको ना २ ख ९९२९ नम्बरको ट्रकले पश्चिमबाट पूर्व आउँदै गरेको लु १६ प ५२०५ नम्बरको मोटरसाइलकलाई ठक्कर दिदा मोटरसाइकलमा सवारी दुवै जनाको मृत्यु भएको प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।

मोटरसाइकललाई ठक्कर दिने चालक र ट्रक अहिले प्रहरी नियन्त्रणमा रहेको छ । राती १० बजेतिर भएको उक्त दुर्घटना ओभरट्रयाक गर्ने क्रममा हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  २ : १३ बजे