७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उपेन्द्र यादव भन्छन्, ‘कांग्रेस र बामगठबन्धन मधेस विरोधी हुन’



मायादेवी अनलाइन, कपिलवस्तु, १२ मंसिर ।
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस मुद्धा प्रति ठुला दल जिम्मेवार बन्न नसकेको आरोप लगाउनुभएको छ । चुनावको बेला कांग्रेस र बामगठबन्धनले मधेसी जनताको भोट पाउनका लागि विभिन्न बाहना बनाइरहेको भन्दै अध्यक्ष यादवले ठुला दल मधेसी विरोधी भएको आरोप लगाउनुभयो ।

कपिलवस्तुको बहादुरगञ्जमा भएको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रतिनिधि र प्रदेशसभाको क्षेत्र निर्धारण बैज्ञानिक तरिकाबाट नभएको गुनासो गर्नुभयो । यो बिषयमा आफ्नो दलको विमती रहेको उहाले बताउनुभयो ।

सयौ कार्यकर्ताको विचमा भएको चुनावीसभामा प्रतिनिधिसभा ३ का फोरम नेपालका उम्मेदवार मंगल प्रसाद गुप्ता, प्रदेश नम्बर १ का उम्मेदवार कृष्ण कुमार चौधरी, २ का उम्मेदवार शैलेश प्रताप शाह लगायतले आफुहरुलाई मतदान गरि जिताउन आग्रह गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  १ : २८ बजे