१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘मुलुक आर्थिक क्रान्ति र समृद्ध नेपाल निर्माणको युगमा प्रबेश’



बिष्णु कुमार आले, अर्घाखाँची, ११ मंसिर ।
पुर्व उपप्रधान मन्त्री तथा अर्घाखाँची प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार टोप बहादुर रायमाझीले मुलुक आर्थिक क्रान्ति र समृद्घ नेपाल निर्माणको युगमा प्रबेश गरेको बताउनु भएको छ । संयुक्त बाम गठबन्धनले सितगंगा नगरपालीकाको वडा नं ३ को ठाडा अमराई, पदमे दक्सुपाटा र वडा नं १२ को रजियामा चुनावी भेटघाट तथा कोणसभालाई संबोधन गर्दै नेता रायमाझीले नेपालमा स्थिर सरकार निर्माण गरि, बिकास र समृद्घीका लागी ५० बर्ष सम्म जनताबाट अनुमोदित भएर कम्युनिष्टलाई नेपालमा सत्ताशासन चलाउन जिम्मा दिए मात्र यो मुलुकले काँचुली फेर्ने बताउनुभयो ।
प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार रामजी प्रसाद घिमिरेले बिगतमा कम्युनिष्ट सरकारले गर्न नपाएका अधुरा काम पुरा गर्न र मुलुकलाई अवको ३० बर्षमा संसारको बिकसित राष्ट्र सामु पुराउन बाम गठबन्धनका उम्मेदवारलाई दुई तिहाई बहुमतले जिताउन आग्रह गर्नुभयो । कार्याक्रममा पुर्व सभासद डा.डिल्लीराज खनाल, नगर उपप्रमुख टिकाराम रेश्मीमगर, बाम गठबन्धनका नगर चुनाव परिचालन संयोजक बसन्त श्रेष्ठ, नेकपा एमाले जिल्ला कमीटी सदस्य गीताभाट माओबादी केन्द्रका केन्द्रीय आयोजक कमिटीका सदस्य ओपी पाण्डे, माओबादी केन्द्रका नगर संयोजक बिवेक गैरे, लगायतले मन्तब्य दिदै बिकास आर्थिक र समृद्घ राष्ट्र निर्माणका लागी बाम गठबन्धनका यम्मेदवारलाई अत्यधिक मतले बिजय गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका कुष्ण प्रसाद श्रेष्ठ, बातावरण बिद माया खनाल, गीताभाट, प्रदेस सदस्य तथा पुर्व जिल्ला सभापती पिताम्बर भुसाल नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तथा प्रेस चौतारी नेपालका पुर्व जिल्ला उपाध्यक्ष बिष्णु कुमार आले, माओबादीकेन्द्रका जिल्ला उपसंयोजक तोज बहादुर रायमाझी लगायतको उपस्थिती रहेको थियो । रजियामा भएको कार्यक्रममा मुक्तीराम पौडेलको अध्यक्षता, धन बहादुर रानाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय कलाकार घनश्याम पाण्डेले बाम एकताको गीत गाएर भरपुर मनोरन्जन दिनु भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  १ : ३१ बजे