१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाली कांग्रेसको चुनावी प्रचार प्रचार कार्यक्रम जारी



ओम प्रकाश पौडेल, जितपुर, १२ मंसिर ।
नेपाली कांग्रेश निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ कपिलवस्तुले चुनावी प्रचार प्रचारलाई सोमबार। पनि जारी राखेको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० पटनामा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ ।
सो कार्यक्रममा प्रतिनिधी सभाका उमेद्धार दीप कुमार उपाध्याय, प्रदेश सभा उम्मेदवार पुरन थारु र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समिति संयोजक विष्णु थापाले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा जनताका अपेक्षाहरु ग्रहण गर्दै उमेद्धारहरु उपाध्याय र थारुले विकासबादी चिन्तन भएका नेपाली कांग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरि अत्याधिक बहुमतका साथ जिताउन आह्वान गर्नुभयो ।
यसैविच मङ्गलबार साविकको पकडी गाविसका छुटेका गाउँहरुमा घरदैलो कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेशले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  १ : ३३ बजे