७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नयाँ शक्तीको घरदैलो अभियान तिव्र



दिपा महत, कपिलवस्तु, १२ मंसिर ।
नयाशक्ती पार्टी नेपाल कपिलवस्तुले सोमबार पनि घरदैलो अभियान जारी राखेको छ । आज जिल्लाको वाणगंगा नगरपालिका बैजलपुर, उप्टाह, मोतीपुरको सुसेनिया, बालापुर, बोडगाउ, ४ नम्बर जितपुरमा गरी करिव ६ सय ५० घरधुरीमा घरदैलो गरेको हो ।

कार्यक्रममा जिल्ला संयोजक तथा प्रतिनिधी सभाका समानुपातिक उमेदवार नारायण खनाल, निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभाका उमेदवार पदमबहादुर सोमै मगर, प्रदेश सभाकी समानुपातिक तर्फकी उमेदवार प्रेम कुमारी आले, संघिय परिषदका सदस्य चोपलाल राहुल, ५ नम्बर प्रदेशका सदस्य लालबहादुर बैजाली लगाएत सहभागी हुनुहुन्थ्यो । यस्तै मङ्गलबार वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा घरदैलो गर्ने नयाशक्ती पार्टी प्रचारसमितीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  १ : ३९ बजे