३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

भोट गिलासमा दिन माग



कपिलवस्तु, १२ मंसिर ।
राष्ट्रिय जनमोर्चा निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ ले सोमबार पनि घरदैलो गरेको छ । प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उमेदवार माधव भाट क्षेत्री, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ को ( १) का उम्मेदवार दल बहादुर कुवर सहित डवल सिंह जि.सि., छबिलाल गैरे, दधिराम आचार्य, सिद्धि आचार्य, मान बहादुर नेपाली, शंकर पराजुली लगाएतको टोली सहभागी थियो ।

बाणगङगा नगरपालिका वार्ड नम्बर ४ को बैरिया, ४ नम्बरमा करिव ६ सय घरहरुमा घरदैलो तथा जन भेटघाट गरेको हो । सो अवसरमा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्रीले कपिलवस्तु जिल्लालाई समृद्धि बनाउन नेपालमै पिछडिएका १० जिल्ला मध्यको सुचिबाट हटाउनको लागि आफ्नो महत्वपूर्ण भुमिका रहने उदघोष गर्नु भयो ।

यसैबिच राष्ट्रिय जनमोर्चा निर्वाचन प्रतिनिधी सभा क्षेत्र नम्बर २ अन्तरगत बुद्धभुमि नगरपालिकाकोे बसन्तपुर, भेलाई, शान्तीपुरमा चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छ ।
चुनाव प्रचारप्रसार संयोजक बिष्णु खनालको नेतृव्वमा प्रतिनिधि सभा २ का उम्मेदवार लक्ष्मी भण्डारी सहितको टोलि, राष्ट्रिय जनमोर्चा बुद्धभुमि नगर समितिका उपसभापति नरबहादुर घर्ती, राष्ट्रिय जनमोर्चा ५ नम्बर प्रदेश सदस्य हिमलाल वाग्ले लागाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  १ : ४१ बजे