१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बामगठबन्धनले जिते संविधान खारेज हुन्छ : प्रम देउवा



दिपक अनुरागी, कपिलवस्तु, १२ मंसिर ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बामगठबन्धनले संविधान खारेज गरी राष्ट्रपति शासन ल्याउन खाजेको आरोप लगाउनुभएको छ । लामो संघर्ष पछि बनाएको संविधानलाई बामगठबन्धनले दुई तिहाई बहुमत ल्याएर खारेज गर्न खोजेको भन्दै सभापति देउवाले निर्वाचनमा मत दिदा विवेक पु¥याउँन आग्रह गर्नुभयो । कपिलवस्तुको सदरमुकाम तौलिहवामा मङ्गलबार दिउँसो भएको पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो । “सबै समुदायको अधिकार प्रतिनिधित्व गर्ने गरि संविधान बनाएका छौँ यो खारेज गर्ने चलखेल हुँदै छ, हजारौँ जनताको विचमा बोल्दै उहाँले भन्नुभयो; यति मात्र होइन कम्युनिष्ट शासन आयो भने अर्को चुनाव नै हुदैन ।” कम्युनिष्ट शासन विश्वबाट हराउन थालेको भएपनि नेपालमा ल्याउने प्रयास गर्न थालिएको देउवाको तर्क थियो ।
देशलाई तिव्र आर्थिक विकास तर्फ लैजान सक्ने भिजन र मिसन नेपाली कांग्रेस संग मात्र भएको उहाँले जिकिर गर्नुभयो । ‘ चुनाव पछि देशलाई आर्थिक समृद्धिको दिशामा लैजानुपर्छ देउवाले भन्नुभयो, यो काम नेपाली कांग्रेसले मात्रगर्न सक्छ ।’ देशमा विदेशी लगानीन भित्त्राई मुलुकसमृद्ध पार्न नसकिने देउवाले बताउनुभयो । कम्युनिष्ट पार्टीको सरकारलाई विदेशले पत्याउँदैन अनि कसरी बामपंथीले मुलुकलाई समृद्ध पार्छन देउवाले प्रश्न गर्नुभयो । देशमा बामपंथीको बहुमत आए गरिबी झनझन बढ्ेर जाने उहाँले दाबीगर्नुभयो ।
आमसभामा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले देश आर्थिक समृद्धिको दिशामाजाने बेला कम्युनिष्टहरु फेरी बाधक बनेर आउन सक्ने आशंक प्रकट गर्नुभयो । नेपाली जनताले मुलुकको समृद्धि चाहेको भन्दै नेता पौडेलले कम्युनिष्टलाई जनताले मतदान मार्फत हराउने जिकिर गर्नुभयो । “निर्वाचनमा बामपंथी पराजित हुन्छन नेता पौडेलले भन्नुभयो, अनि बल्ल मुलुक समृद्ध बन्छ ।”
कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, नेता बालकृष्ण खाँण, उद्योगपती बनोद चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  ११ : ५५ बजे