८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भलवाडमा उम्मेदवार सहितको उत्साहजनक घरदैलो



पार्वती पाण्डे, कपिलस्तु १२ मंसिर ।
वाणगंगा नगरपालिका अन्तरगत भलवाडमा मंगलवार उम्मेदवार सहितको उत्साहजनक घरदैलो कार्यक्रम गरिएको छ । घरदैलो कार्यक्रममा स्थानियले नदिकटान समस्या समाधान गर्न उमेदवार समक्ष प्रतिवद्धता मागेका थिए । वर्षात्का समयमा नदिकटानले रातभर जाग्राम बस्नु पर्ने बाध्यता भएको भन्दै उनीहरुले नदिकिनारमा तटबन्धन गरि समस्याको समाधान गर्नु पर्ने बताएका थिए । यस ठाउँको विकास गर्नेलाई भोट दिने हो भन्दै उमेदवारहरुलाई स्थानियले हौसला प्रदान गरेका थिए । बामगठबन्धनका उमेदवारहरुलाई हामी भोट दिन आँतुर छौ तर हाम्रो समस्या समाधान गर्नु पर्छ, स्थानिय नैनकला शर्माले भनिन ।
उमेदवारहरुलाई फुलमालाले स्वागत गर्दै हाम्रो भोट हाम्रो विकासका लागि भन्दै उनीहरुले खुशी व्यक्त गरेका थिए । घरदैलो कार्यक्रममा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उमेदवार वलदेव खनाल, प्रदेश सभा सदस्यका उमेदवार विष्णु पन्थि, समानुपातिक उमेदवार गिरिधारीलाल न्यौपाने , रीता चौधरीले सुर्य चिन्ह र गोलाकार भित्रको हसिया हतौडामा अत्यधिक मतले जिताएर कपिलवस्तुको कायापलट गर्ने अवसर प्रदान गर्न सबै जनता समक्ष अनुरोध गर्नु भएको थियो ।
भलवाडको समस्या सँगै जिल्लाको समग्र विकास गर्न आँतुर भएको उमेदवारहरुले बताएका थिए । उत्साहजनक भएको घरदैलो कार्यक्रममा निर्वतमान सांसद वलराम अधिकारी, विश्राम थारु, पार्टिका नेता विमला घिमिरे, जंजिर प्रसाद थारु लगायत हजारौंको उपस्थितीमा घरदैलो कार्यक्रम गरिएको भलवाडका इन्चार्ज एल्पी बेल्बासेले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस, जनमोर्चा, नयाँ शक्ति नेपाल, राप्रपा लगायतका एक सय बढि कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको इन्चार्ज बेल्बासेले जानकारी दिनु भयो ।प्रवेशीहरुलाई अबिर र फुलले स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७४ मंगलबार ००:००  ११ : ५८ बजे