७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गोकर्ण विष्टको क्षेत्रमा एजेण्डा विहिन कांग्रेस, पराजित हुने निश्चित भएपछि अत्तालियो कांग्रेस !



सन्ध्या बस्नेत, गुल्मी, १३ मंसिर ।
पराजित हुने नश्चित भएपछि अत्तालिएको कांग्रेसले गुल्मीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा फेसबुक आतंक मच्चाउन थालेको छ ।
कांग्रेस नेता कार्यकर्ता मतदाताको घर पुगेर भोट माग्ने कुनै एजेण्डा नभएपछि यस क्षेत्रमा सडक, खानेपानी, बिजुली, शिक्षा लगायतका क्षेत्रमा विकास हुन नसकेको भन्दै फेसबुक मार्पmत भ्रम सिर्जना गर्दै छन् । विकट र दुर्गम मानिने गुल्मीको पश्चिमी क्षेत्रमा एमाले नेता गोकर्ण विष्ट बिजयी भएदेखि झण्डै २० वर्ष देखि निरन्तर विकासका ठुला योजना र काम भैरहेका छन् ।
पश्चिमी क्षेत्रका धेरै गाउँबस्ती जोड्ने तम्घास सिमलटारी प्यूठान सडक स्तरोन्नती भएर कालोपत्रे भैरहेको छ । जिल्लाका ४३ वडा मध्ये अधिकांश वडामा विद्युतीकरण भएर गाउँ र टोलसम्म विद्युत विस्तार हुने क्रम जारी छ । त्यो बाहेक छल्दी रातडाँडा इन्द्रेगौडा, रातडाँडा बडागाउँ मुसिकोट, पौंदीअमराई हुँदै नेटा दर्लिङ पुग्ने सडक पनि तिब्र गतिमा स्तरोन्नती भैरहेको छ । अमरपुर देखि अर्जै, घमिर हुँदै अर्खाबाङ सडक, सेउघा सिमाघाट जैसीथोक पुर्कोटदह सडक पनि धमाधम स्तरोन्नती भैरहेको छ ।
खेल क्षेत्रको विकासका लागि अमरपुरको बुल्मचौरमा राष्ट्रिय स्तरकै रंगशाला निर्माणको काम शुरु भएको छ । शिक्षा क्षेत्रको विकासका लागि धुर्कोट र पूर्कोटदहमा क्याम्पस, हस्तिचौरमा प्राविधिक शिक्षालय खुलेको छ । त्यस्तै ६० भन्दा बढी विद्यालयका करोडौं लागतका भवन निर्माण भएका छन् । अधिकांश विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सोलार सुविधा र कम्प्यूटर शिक्षा शुरु भएको छ ।
दुर्गम मानिएको क्षेत्रका सर्वसाधरणको सुविधाका लागि धुर्कोटमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएर डाक्टर सहितको सेवा चलिरहेको छ । त्यस्तै दुई दर्जन बढी स्वास्थ्य चौकीका अत्याधुनिक सुविधा सहितका भवन निर्माण भएका छन् । दर्जनौं वडा कार्यालयका भवन निर्माण भैसकेका छन् । सडक सुविधा १२ महिना संचालन गर्ने गरी दुई दर्जन बढी पक्की पुल निर्माण भैसकेका छन् ।
साना योजना देखि झण्डै १ अर्ब लागत सम्मका दर्जनौं योजना अहिलेसम्म पनि जारी नै छन् । २० वर्ष अघिको पश्चिमी क्षेत्रको अवस्था र अहिलेको विकासमा त्यो क्षेत्र पुरै कायापलट भएको जिल्ला समन्वय समितिका सभापति लक्ष्मण पराजुलीले बताए । ‘२० वर्ष अघि गुल्मीका पश्चिमी गाउँबस्ती कस्ता थिए, अहिले कस्ता भए भन्ने त घामजस्तै छर्लङ्ग छ’, उनले भने, ‘कुनै विकास भएन भन्नु कांग्रेस उम्मेदवार र कार्यकर्ताको पराजित र अत्तालिएको मानसिकता हो ।’ त्यस क्षेत्रको विकासको आधारमा गोकर्ण विष्ट देशभर विकास प्रेमी र चर्चित नेता बनेकै बेला कुनै विकास भएन भन्ने कांग्रेस कार्यकर्ताको आँखा चिम्लेर उज्यालो खोज्ने मानसिकताको उपज भएको उनले बताए ।
यो क्षेत्रमा यस पटकको निर्वाचनमा एमालेबाट गोकर्ण विष्ट र कांग्रेसबाट चन्द्र केसी प्रतिस्पर्धामा छन् । २०७० को निर्वाचनमा विपक्षी सबै पार्टीका मत जोड्दा पनि बढी मतले बिजयी भएका विष्ट अहिले त्यो भन्दा पनि बढी चर्चित छन् । घर दैलोमा पुग्दा कांग्रेस नेतासंग नै मतदाताले किन आएको भन्दै प्रश्न गर्न थालेपछि अत्तालिएका कांग्रेस कार्यकर्ता विक्षिप्त मानसिकता बनाएर फेसबुक आतंक मच्याउँदै हिंड्न थालेको एमाले कार्यकर्ता ओम कार्कीले बताए ।
त्यस्तै विष्टसंगै त्यस क्षेत्रमा प्रदेश उम्मेदवार खड्ग केसी र दिनेश पन्थी पनि मतदाता माझ चर्चित छन् । कांग्रेस प्रदेश उम्मेदवार छन्द पहराई आफुसंग अहिले चुनावी ऐजेण्डा नै नभएको भन्दै बिजयी भए एजेण्डा खोज्न मतदातासंग नै आउँछु भन्ने आश्वासन दिदैं छन् । त्यस्तै अर्का कांग्रेस उम्मेदवार शालिक पन्थी युवापुस्ताले मत नदिने डरले बृद्धबृद्धा खोज्ने र आर्शिवाद लिने काममा व्यस्त छन् । कांग्रेस उम्मेदवारको एजेण्डा विहिन चुनावी प्रचारका कारण मतदाताको लहर बामगठबन्धनका विष्ट र प्रदेशमा दिनेश पन्थी र खड्ग केसीप्रति बढ्दै गएको छ ।
स्थानीय तहको मतका आधारमा पनि यो क्षेत्र बामपन्थीको पकड मानिन्छ । २०४८ सालमा बिजयी भएको कांग्रेसले त्यस यताका कुनै पनि निर्वाचनमा बिजयी हुन सकेको छैन् । अहिले क्षेत्र समायोजन भएर बनेको नयाँ क्षेत्रमा रहेका ४३ वडा मध्ये एमाले ३१, कांग्रेस ११ र माओवादी गठबन्धन १ वडामा बिजयी भएका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  १२ : ४३ बजे