१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इपिएल क्रिकेटको खेल तालिका सार्वजनिक



काठमाडौं, मंसिर १४ ।
आउँदो पुस ३ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सर्वाजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुस ३ गते सोमबार काठमाडौं किङस् इलाभेन र ललितपुर प्याट्रियोर्ट खेल्ने भएका छन् ।
१२ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्नेछन् । प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोर्ट, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावाकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  ७ : १३ बजे