१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वामगठबन्धनले नै देशलाई निकास दिन्छ : बलदेव



हरि अधिकारी, कपिलस्तु, १५ मंसिर ।
कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उमेदवार चक्रपाणी खनाल (वलदेव)ले बामगठबन्धनले जनताको माग र समस्यालाई पुरा गर्ने बताउनु भएको छ । नेपालमा बामगठबन्धन निर्माण गरेर अघि बढ्दा लोकतान्त्रिक समूह आत्तिएको समेत बताउनुभयो । बामगठबन्धनले जहिले जहिले सरकारको नेतृत्व गरेको छ त्यही त्यही बेला जनताको जीवनमा खुशी र परिवर्तन आएको समेत बताउनुभयो । बामगठबन्धनको सरकारले राष्ट्रियताको रक्षा र संविधानको कार्यान्वनय गर्दै जनताको घरघरमा विकास पुरयाउने कामको सुनिश्चितता गरेको बताउनुभयो । बामगठबन्धनलाई जनताले अवसर र उत्सवको रुपमा लिएको बताउदै उम्मेदवार खनालले बामगठबन्धनलाई दुई तिहाई मत दिने विश्वास व्यक्त गर्नुभयो । विहिवार वाणगंगाको बठानपुरा, बैरीया, वुङची लगायतका स्थानमा सम्बोधन गर्दै उमेदवार खनालले यस्तो बताउनु भएको हो । घरदैलो तथा भेटघाट गर्ने क्रममा बलदेवले बामगठबन्धनको देशैभरी चर्चा भईरहेकाले बेला अब जिल्लाका कोहि पनि युवाहरु विदेश जानु नपर्ने तर्क गर्नुभयो । उहाँले बामगठबन्धनको सरकारले युवाहरुलाई रोजगारी दिने दावी गर्नुभयो ।
कपिलवस्तु प्रतिनिधी सभा एक प्रदेश सभा एकका उम्मेदवार विष्णु पन्थीले बामगठबन्धनको सरकारले युवालाई उत्पादनसंग जोडेर रोजगारी र देशलाई समृद्ध बनाउने बताउनुभएको छ । पन्थीले नेपाली जनतालाई धनी र मुलुकलाई समृद्ध बनाउने योजना बामपन्थीसंग मात्र रहेको बताउनुभयो । उम्मेदवार पन्थीले सानो अर्थतन्त्र रहेको र गरिब देशको परिचय बोकेको नेपाललाई बामपन्थीको सरकारले बदल्दै नेपाल सम्पन्न र समृद्ध बनाउने उद्घोष गर्नुभयो । मुलुकको राष्ट्रियता, लोकतन्त्र र स्वाभीमानलाई उचो राख्ने शक्ति बामगठबन्धन मात्र भएकाले वाणगंगा नगरलाई सुन्दर शहर बनाउने र कपिलवस्तुको विकासलाई गति दिने एमाले र माओवादी केन्द्र रहेको बताउनुभयो । उहाँले वाणगंगा नगरपालिकाको वडा नम्बर एक अन्तरगतका विभिन्न टोलमा भएको घरदैलो कार्यक्रममा विगतमा गाविसमा ३ लाख पठाउने एमालेको सरकारले गरेको नितिगत निर्णयले अहिलो घरघरमा विकास, पक्की बाटो, पुलपुलेसा, विजुली पुगेको बताउनुभयो ।
एमालेकी समानुपातिक उम्मेदवार रीता थारुले महिला, थारु, युवा, किसानको समस्याको समाधान बामगठबन्धनको सरकारले गर्ने बताउनु भएको छ । बामगठबन्धनबाट समानुपातिक उम्मेदवार बन्नु भएकी रिता थारुले वाणगंगाको विकासमा बामगठबन्धनको सरकारले धेरै काम गरेको बताउनुभयो । उहाँले बामगठबन्धनले सवै जातजाती, धर्म, समुदाय, सँस्कृति मान्ने समुदायलाई विकासको मुलधारमा ल्याएकोले बामगठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । वाणगंगा १ र २ को घरदैलोको क्रममा रीता थारुले काग्रेस कयौपटक सरकारमा गएपनि कपिलवस्तुमा कुनै विकास नगरेको बताउनुभयो ।
त्यस्तै समानुपातिक उम्मेदवार गिरिधारीलाल न्यौपानेले विकास कुन पार्टीले गर्दछ भन्ने कुरा जनताले चिनिसकेकाले अब बामगठबन्धनलाई दुई तिहाई मत दिएर जीताउने बताउनुभयो । उहाँले नेपाली काग्रेसबाट पटक पटक मन्त्री भएर गएपनि गाउँको विकास गर्न नसकेको बताउदै न्यौपाले अव जनताले नयाँ अनुहार र विकास प्रेमी नेता खोजेको बताउनुभयो । वाणगंगा १ र २ को घरदैलोको क्रममा न्यौपानेले काग्रेस कयौपटक सरकारमा गएपनि कपिलवस्तुमा कुनै विकास नगरेको बताउनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ०१ बजे