१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

देश बनाउन बामगठबन्धनलाई भोट दिनुस : विष्णु पंथी



मायादेवी अनलाइन, कपिलवस्तु, १५ मंसिर ।
कपिलवस्तु प्रतिनिधी सभा एक प्रदेश सभा एकका उम्मेदवार विष्णु पन्थीले बामगठबन्धनको सरकारले युवालाई उत्पादन संग जोडेर रोजगारी र देशलाई समृद्ध बनाउने बताउनुभएको छ । पन्थीले नेपाली जनतालाई धनी र मुलुकलाई समृद्ध बनाउने योजना बामपन्थीसंग मात्र रहेको बताउनुभयो । विहिवार वाणगंगाको बठानपुरा, बैरीया, वुङची लगायतका स्थानमा सम्बोधन गर्दै उमेदवार खनालले यस्तो बताउनु भएको हो ।
उम्मेदवार पन्थीले सानो अर्थतन्त्र रहेको र गरिब देशको परिचय बोकेको नेपाललाई बामपन्थीको सरकारले बदल्दै नेपाल सम्पन्न र समृद्ध बनाउने उद्घोष गर्नुभयो । मुलुकको राष्ट्रियता, लोकतन्त्र र स्वाभीमानलाई उचो राख्ने शक्ति बामगठबन्धन मात्र भएकाले वाणगंगा नगरलाई सुन्दर शहर बनाउने र कपिलवस्तुको विकासलाई गति दिने एमाले र माओवादी केन्द्र रहेको बताउनुभयो । उहाँले वाणगंगा नगरपालिकाको वडा नम्बर एक अन्तरगतका विभिन्न टोलमा भएको घरदैलो कार्यक्रममा विगतमा गाविसमा ३ लाख पठाउने एमालेको सरकारले गरेको नितिगत निर्णयले अहिलो घरघरमा विकास, पक्की बाटो, पुलपुलेसा, विजुली पुगेको बताउनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ४१ बजे