१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसको भ्रम चिर्दै बामगठबन्धन, भन्छन्, हामीले जिते वर्डर सिल हुँदैन



जानु पाण्डे, कपिलवस्तु, १५ मंसिर ।
बाम गठवन्धनका तर्फ बाट कपिलवस्तु २ का उम्मेदवार बृजेश कुमार गुप्ताले बाम गठवन्धनले चुनाव जिते नुन चिनी मल विउ ल्याउन अझ सजिलो हुने वताउनु भयो । कपिलवस्तुको महाराजगंजमा आयोजित सभामा बोल्दै सुर्य चिन्ह लिएर चुनाव लडेका नेता गुप्ताले वाम गठवन्धनले चुनाव जिते नेपाल भारतको सिमा वन्द गर्ने हल्ला फिजाएको वताउनु भयो । ढुक्क हुनु होस अहिलेको भन्दा अझ सजिलो तरीकाले सिमामा हिडडुल गर्न पाउनु हुन्छ ।
अहिले कांग्रेसको सरकार छ । देउवा जी प्रधान मन्त्रि हुनु हुन्छ । कृषकहरुलाई गहुको विउ मल चाहिएको छ । तर नेपाली वजारमा मल खाद विउ पाईएको छैन । मल र बिउ लिन भारतिय वजार जानु भयो भने सिमामा रोकेको छ । कांग्रेसको पालामा अहिले बर्डर सिल भए जस्तै भएको छ । हामीलाई जिताउनु भयो भने भारतिय जान अझ सजिलो हुने वताउनु भयो । ढुक्क हुनुस वर्डर सिल हुदैन उहाले बरु सोहरतगडबाट खुनुवा सम्म रेल आउछ । खुनुवा नाका मर्यादपुरमा सुख्खा वन्दरगाह वन्छ । बहुमतका साथ वामको सरकार वन्छ र ५ वर्ष भित्र वोलेको कुरा पुरा गरेर छाडने वताउनु भयो ।
कार्यक्रममा वोल्दै प्रदेश सभाको उम्मेदवार दिर्ग नारायण पाण्डेले कपिलवस्तुमा राप्ती डाईभसन गरी नौमुरेको पानीबाट सिंचाई गर्ने वताउनु भयो । हामी विकासका कुरा गरेका छौ तर कांग्रेस बकवार कुरा गरेर जनतामा भ्रम छरेको वताउनु भयो । बाम गठवन्धन संग विकासको एजेन्डा छ , तर कांग्रेसले भ्रम मात्र छर्दै हिडेको वताउनु भयो । बाम गठवन्धनको जित सुनिश्चित भएकोले कांग्रेसी हरु नचाईने कुरा गर्दै हिडेको वताउनु भयो ।
कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला सदस्य तथा आदीवासी जनजातीका अगुवा नेता नाथू थारु र नत्थु थारु एमाले प्रवेश गर्नु भएको छ । एमाले प्रवेश गर्दै नत्थु थारुले थारु उठाउदैमा सवै थारुले मत नदिने वताउनु भयो । जवाहर चौधरी प्रति ईंगीत गर्दै कांग्रेसले थारुलाई उम्मेदवार बनाएको होईन थारुको मत मात्र दिन जवाहरलाई प्रयोग गरेको वताउनु भयो ।
कार्यक्रममा मावुव हुुसैन, करम हुसैन, सरिफ मुसलमान, एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनाल, माओवादी केन्द्र पोलिटव्युरो सदस्य रुद्रलाल वन्जाडे, एमाले समानु पातिक उम्मेदवार फौजिया नसिमले वोल्नु भएको थियो । कार्यक्रम एमाले केन्द्रीय सदस्य सराज अहमद फारुकीको प्रमुख आतिथ्यता, नरहरी भट्टराईको संचालन र पिताम्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ०० बजे