१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गठबन्धनको जित सुनिश्चित : बृजेश कुमार गुप्ता



पार्वती पाण्डे, कपिलवस्तु, १५ मंसिर ।
बामगठबन्धनका साझा उमेदवार क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उमेदवार वृजेस गुप्ताले आफ्नो जित सुनिश्चित भएको बताउनु भएको छ । शुक्रवार क्षेत्र नं २ अन्तरगत विभिन्न स्थानमा भएको कोण सभामा बोल्दै उमेदवार गुप्ताले यस्तो बताउनु भएको हो ।
गाउँ गाउँमा जनता उत्साहित भएको र बामगठबन्धनका साझा उमेदवारहरुलाई मत दिन तयार रहेको जनाउनु भयो । कांग्रेसले बामगठबन्धनका उमेदवारहरुलाई भ्रम छर्ने काम गर्न तल्लिन रहेको भन्दै त्यस्तो भ्रममा नपर्न उहाँले गठबन्धनका सम्पुर्ण कार्यकर्तालाई आग्रह गर्नु भयो । जनताको काम गरेकाले आफुले भारी मतले जित्नेमा कुनै शंका नरहेको प्रष्टयाउनुभयो ।
बामगठबन्धनको साझा उमेदवार भएकोले पनि आफुले सजिलो गरि जित्ने आधार तय भएको उहाँले खुलासा गर्नु भयो । सभामा प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डे, धरमबहादुर लाल श्रीवास्तव लगायतले बामगठबन्धनलाई अत्यधिक मतले विजय बनाउन सबैमा आग्रह गर्नु भएको थियो ।
कपिलवस्तुको समग्र विकास गर्ने सक्ने सक्षम उमेदवारहरुलाई भोट दिन समेत उहाँले सबैमा आग्रह गर्नु भयो । सभामा सबै समुदायको उत्साहजनक उपस्थिती रहेको निर्वाचन परिचालन कमिटिका संयोजक बावुराम खनालले बताउनु भयो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : १६ बजे