८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विपक्षी दलको भ्रममा नपर्न बामगठबन्धनको संयुक्त विज्ञप्ती



कपिलवस्तु, १५ मंसिर ।
संयुक्त बामगठबन्धनका निर्वाचन परिचालन कमिटिका जिल्ला संयोजक झविलाल पोख्रेल र सहसंयोजक भानु प्रकाश श्रेष्ठले शुक्रवार संयुक्त विज्ञप्ती जारी गरि एमाले र माओवादी केन्द्रका कोहि पनि कार्यकर्ता भ्रममा नपर्न निर्देशन दिइएको छ ।
दुवै पार्टि निर्वाचन पछि एकता हुने निश्चित भएकोले कोहि पनि कार्यकर्ता भ्रममा नपरि सुर्य चिन्ह्र र गोलाकार भित्रको हसिया हतौडामा भोट दिन निर्देश गरिएको छ । कतिपयले भ्रम छर्ने कार्य गरेकोले उक्त भ्रममा नपरी बामगठबन्धनका साझा विकास प्रेमी उमेदवारहरुलाई अत्यधिक मतले जिताउन विज्ञप्ती मार्फत आग्रह गरिएको प्रचार विभाग प्रमुख एल्पीबेल्बासेले जानकारी दिनु भयो । बामगठबन्धनले जित्ने भए पछि कांग्रेसहरु अत्तालिएर विभिन्न भ्रम छर्ने काम गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : १९ बजे