४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बर्रोहियामा प्रचण्ड आउने भएसंगै सुरक्षा सर्तकता बढ्यो



मायादेवी अनलाइन, कपिलवस्तु, १५ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम वामगठबन्धनका शिर्ष कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड शनिबार बर्रोहियामा हुने जनसभालाई संबोधन गर्न आउने भएसंगै जिल्ला सुरक्षा ब्यवस्थालाई प्रभावकारी तुल्याईएको बताईएको छ ।
शनिबार ११ बजे प्रचण्ड सिधै हेलिकप्टरबाट कार्यक्रम स्थलमा आउने भएकाले बरहिया चोकमा बृहत जनसभा गर्न सो क्षेत्रको सरसफाई र सुरक्षा ब्यवस्थापन मिलाईएको छ । प्रचण्डले कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणी खनाल खनाल बलदेव) उमेदवार भएकाले विशेष समय निकालेर उहा कपिलवस्तु आउनुहुने भएको हो ।
यस अघि एमाले अध्यक्ष केपि शर्मा ओलीले जितपुरमा भएको जनसभामा बोल्दै बलदेवलाई जनताले जिताएर पठाएमा बामगठबन्धनले आगामी सरकारमा महत्वपूर्ण मन्त्रालय बलदेवलाई दिने भन्दै भोट माग्नु भएको थियो ।
बलदेव क्षेत्र नम्बर १ बाट विजयी भए गृहमन्त्री बन्ने संकेत गर्दै वर्षमान पून जिताउ अभियान नामको फेसबुक पेजमा वर्षमानले पोष्ट गर्नु भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ३ : २१ बजे