७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘वामगठबन्धनलाई जनताले अवसर र उत्सवको रुपमा लिएका छन’



हरि अधिकारी, कपिलस्तु, १६ मंसिर ।
कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उमेदवार चक्रपाणी खनाल (वलदेव) ले बामगठबन्धनले जनताको माग र समस्यालाई पुरा गर्ने बताउनु भएको छ । नेपालमा बामगठबन्धन निर्माण गरेर अघि बढ्दा लोकतान्त्रिक समूह आत्तिएको समेत बताउनुभयो । बामगठबन्धनले जहिले जहिले सरकारको नेतृत्व गरेको छ त्यही त्यही बेला जनताको जीवनमा खुशी र परिवर्तन आएको समेत बताउनुभयो ।
बामगठबन्धनलाई जनताले अवसर र उत्सवको रुपमा लिएको बताउदै चक्रपाणी खनालले बामगठबन्धनलाई मतदाताले दुई तिहाई मत दिने विश्वास व्यक्त गर्नुभयो । बामगठबन्धनको शुक्रबार मोतिपुरका बोर्डगाउ, बालापुर, सिसेनी, धनेशपुर, चप्परगाउ, डोढेकोल, मोर्मी, मधुवन लगायतका स्थानमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
यता कपिलवस्तु प्रतिनिधी सभा एक प्रदेश सभा एकका उम्मेदवार विष्णु पन्थीले बामगठबन्धनको सरकारले युवालाई उत्पादनसंग जोडेर रोजगारी र देशलाई समृद्ध बनाउने बताउनुभएको छ । पन्थीले नेपाली जनतालाई धनी र मुलुकलाई समृद्ध बनाउने योजना बामपन्थीसंग मात्र रहेको बताउनुभयो शुक्रबार मोतिपुर र कोपवाका विभिन्न स्थानको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार पन्थीले विगतमा गाविसमा ३ लाख पठाउने एमालेको सरकारले गरेको नितिगत निर्णयले अहिले करोडौको बजेटले घरघरमा विकास, पक्की बाटो, पुलपुलेसा, विजुली, खानेपानी पुगेको बताउनुभयो ।
त्यस्तै समानुपातिक उम्मेदवार गिरिधारीलाल न्यौपानेले विकास कुन पार्टीले गर्दछ भन्ने कुरा जनताले चिनिसकेकाले अब बामगठबन्धनलाई दुई तिहाई मत दिएर जीताउनु पर्ने बताउनुभयो । उहाँले नेपाली काग्रेसबाट पटक पटक मन्त्री भएर सरकारमा गएपनि गाउँको विकास गर्न नसकेको बताउदै न्यौपाले अव जनताले नयाँ अनुहार र विकास प्रेमी नेता खोजेको बताउनुभयो । बामगठबन्धनकी समानुपातिक उम्मेदवार रीता थारुले महिला, थारु, युवा, मजदुर, किसानका समस्याको समाधान बामगठबन्धनको सरकारले गर्ने बताउनु भएको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  २ : ४० बजे