११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

प्रदेश ५ को राजधानी कपिलवस्तु नै उपयुक्त – दीपकुमार



मायादेवी अनलाइन, जितपुर, १६ मंसिर ।
भारतका लागि पूर्वराजदूत दिप कुमार उपाध्यायले सवै हिसाबले प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु नै उपयुक्त हुने वताउनु भएको छ ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ को आयोजनामा भग्लापुर, वैदौली लगायतका विभिन्न स्थानमा आज सम्पन्न पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुका उमेद्धार समेत रहनुभएका उपाध्यायले सो कुरा बताउनुभएको हो ।
सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेशमा प्रवेश गरेका थिए । स्थानियहरुले सिंचाई, बाटो, स्वास्थ्य चौकी लगायतका विकास निर्माणका पूर्वाधारहरु निर्माण गर्न उमेद्धारसंग माग गरेका थिए ।
सो कार्यक्रममा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार दीप कुमार उपाध्याय, प्रदेश सभाका उमेद्धार पुरन थारु, जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद खनाल लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस्तै नेपाली कांग्रेस वाणगंगा नगर वडा २ को वुथ समितिको आयोजनामा घरदैलो कार्यक्रम पिपरामा आज सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार पुरन थारु, बुथ संयोजक रमेश जिसि, वडा कार्यसमितिका सभापति कविराज ज्ञवाली, क्षेत्रीय प्रतिनिधी कृष्ण मुरारी ज्ञावाली, उपसभापति हिम बहादुर कार्की, रुद्र बहादुर केसि, ओम प्रकाश न्यौपाने, राधीका न्यौपाने, गिता पौडेल, गिता ज्ञवाली, राजेन्द्र चौधरी लगायत सयौं कार्यकर्ताको उपस्थिति रहेको वडा सचिव खिमानन्द घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ३ : ११ बजे