१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गिलासमा भोट दिएर जिताए सुकुम्बासी समस्या समाधान हुने



दिपा महत, वाणगंगा, १६ मंसिर ।
राष्ट्रिय जनमोर्चा बुद्धभुमी नगरसमितीले चुनावी अभियानलाई तिव्र पारेको छ । जसअनुसार शुक्रबार बुद्धभूमी नगरपालिका विचगौरी, तौलिहवा बजार, तिलौराकोट, कोटिहवा, चेतरादेही, गोरुसिंगे लगाएतमा घरदैलो गरेको छ । कार्यक्रम प्रचार प्रसार संयोजक विष्णु खनाल नेतृत्वमा भएको हो ।
घरदैलोमा कपिलवस्तु क्षेत्र नम्बर २ प्रतिनिधी सभा उम्मेदवार लक्ष्मी शर्मा भण्डारी, क्षेत्र नम्बर २ को प्रदेश सभा १ का उमेदवार नेत्रप्रसाद गैरे, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ का सारदा खनाल, राष्ट्रिय जनमोर्चा बुद्धभूमी नगरसमितीका उपसभापति नरबहादुर घर्ती मगर, अखिल नेपाल महिला संघकी जिल्ला सचिव मिना नेपाली, महिला नेतृ बुद्धमाया भुषाल, बुद्धभूमी नगर समितीका कोषाध्यक्ष मित्रलाल घिमिरे, सरस्वती अधिकारी, लक्ष्मी खनाल, जेदुप्रसाद आचार्य, प्रतिक्षा घिमिरे, राजमो ५ नम्बर प्रदेश सदस्य हिलाल वाग्ले लगाएतको टोली सहभागी थिए ।

उता राष्ट्रिय जनमोर्चा निर्वाचन परिचालन समिति कपिलवस्तु क्षेत्र नम्बर १ को विभिन्न स्थानहरुमा जन भेट्घाट तथा कोणसभा हरु सम्पन्न भयका छन । शुक्रबार बरोवा, प्रगतिनगर, भड्सडवा, ओदारी, पचेहरा लगायत स्थानहरुमा घर दैलो तथा जन भेटघाट कार्यक्रम सम्पन्न भएका छन । त्यस्तै ओदारी र पचेहरामा कोण सभा सम्पन्न भयका छन ती स्थानहरुमा भयका कोणसभा हरुलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधव भाट क्षेत्रीले देशमा आमूल परिवर्तन र समग्र कपिलवस्तुको बिकास लागि राष्ट्रिय जनमोर्चा एकमात्र बिकल्प भयको उद्घोष गर्नुभयो ।

अभियान टोलिमा प्रदेश सभा सदस्य उम्मेदवारहरु दल बहादुर कुवँर, रमनी सिन्जापती, निर्वाचन परिचालन मुल समिती संयोजक रामप्रसाद बेल्बासे, राष्ट्रिय जनमोर्चा अध्यक्ष दधिराम आचार्य, त्यस्तै शिव पौडेल, छबिलाल गैरे, शंकर पराजुली, अम्बिका पौडेल, मान बहादुर नेपाली, चन्द्र बदन श्रेष्ठ, लगायतको सहभागी रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ३ : १७ बजे