१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नयाँ शक्ती पार्टीको चुनावी अभियान जारी



दिपा महत, कपिलबस्तु, १६ मंसिर ।
निर्वाचनको मिती नजिकिदै जादा दलहरुले आफ्नो चुनावी अभियान लगभग अन्तीम चरणमा पुरयाएका छन् । प्रतिनिधी सभा तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचन आउन ६ दिन बाकी रहदा दलहरुले घरदैलो अन्तीम चरणमा पुरयाएका हुन ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले चुनावी प्रचारप्रसारलाई तिव्र पारेको छ । प्रतिनिधी सभा १ ले आज जिल्लाको कैलिबनगाई, जिनुवा, भलवाडमा घरदैलो गरेको हो ।
सोहि क्रममा प्रतिनिीधि सभा क्षेत्र नम्बर १ का उमेदवार डिल्लीराम शर्मा (रामु) ले हिन्दुराष्ट्रको लागी चुनाव चिन्ह् गाईमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।
घरदैलोमा गंगाराम बढई, रामलख्खन चौधरी, सन्तराम यादव, शिव शर्मा लगाएत २७ जना सहभागी थिए । यस्तै भोली पनि वाणगंगाका विभिन्न ठाउमा कार्यक्रमम गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी प्रचारप्रसार समितीले जनाएको छ ।
यस्तै नयाशक्ती पार्टी नेपाल कपिलवस्तु प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ ले आज पनि घरदैलो गरेको छ । आज प्रतिनिध सभा १ अन्तरगत वाणगंगा ७ र ८ मा मोर्मी, बन्डौली, ढोडेखोल, लौगाई, चप्परगाउ, उदयपुर, लगाएत १६ सय घरपरिवार संग भेटघाट गरेको छ ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधी सभाका प्रत्यक्ष उमेदवार पदमबहादुर सोमै मगर, समानुपातिक तर्फका उमेदवार नारायण खनाल, समानुपातिक तर्फ प्रदेशसभाकी उमेदवार प्रेमकुमारी आलेमगर, संघिय परिषदका सदस्य चोपलाल राहुल मगर, युवा अभियानका यमबहादुर तरामी मगर, लगाएत २ सय कार्यकर्ताको सहभागितामा घरदैलो गरिएको हो ।
शनिबार पिपराको कप्टैहियामा आम सभा गर्ने कार्यक्रम छ । यस्तै शुक्रबार पिपरामा यमबहादुर तरामी मगरको नेतृत्वमा केहि कार्यकर्ता नयाशक्तीमा प्रवेश गरेका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ३ : २१ बजे