१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाबुराम भटटराई भन्छन् मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् !



महोत्तरी, मंसिर १६ । मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्ने नयाँ शक्ति नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराईले बताउनुभएको छ ।
शुक्रबार अबेर राति महोत्तरीको गौशाला आउनुभएका संयोजक डा। भटटराईले पत्रकारसँग कुराकानी गर्दै वर्तमान समयमा नेपाली कांग्रेस र वाम गठबन्धन संविधान संशोधनको विरुद्धमा उभिएकाले अब मधेसी नागरिकले नयाँ शक्ति, राजपा र फोरमका उम्मेदवारलाई विजयी गराए मात्र संविधान संशोधन हुने बताउनुभयो ।
नयाँ शक्ति पहिले पनि मधेसीको अधिकारका लागि लडदै आएकोले संविधानमा हकअधिकार स्थापित गर्नका लागि अहम भूमिका निर्वाह गर्नका लागि आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  ४ : ३४ बजे