१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बामगठबन्धनको सरकार बने निरङकुशता आउँदैन – प्रचण्ड



दिपक अनुरागी, कपिलवस्तु, १६ मसिंर ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बामगठबन्धनको सरकार बने देशमा कुनै निरङकुशता नआउने स्पष्ट पार्नुभएको छ । चुनाव जित्नकै लागि मात्र निरङकुश शासनको कुरा आएकोले कुनै भ्रममा नपर्न प्रचण्डले मतदातालाई आग्रह गर्नुभयो । कपिलवस्तुको पकडीमा शनिबार भएको प्रतिनिधिसभा १ को आमसभालाई अवधी भाषामा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
७० बर्ष देखिको राजनीतिक अस्थिरता र राजनीतिक अराजकता अन्त्यको लागि छिमेकी राष्ट्रहरुले पनि बामगठबन्धनलाई साथ दिएको प्रचण्डले जिकिर गर्नुभयो । दुई हप्ता पहिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संग आफुले टेलिफोन संवाद गरेको उल्लेख गर्दै प्रचण्डले नेपालको दिगो शान्ति र समृद्धिको लागि भारत सरकार र जनताको साथ रहेको तर्क गर्नुभयो ।
बामगठबन्धन पार्टी एकता संयोजक समितिका एक प्रभावशाली नेता समेत रहेका प्रचण्डले बामगठबन्धनले यसपाली बहुमत ल्याउने कुरामा कुनै दुई मत नरहेको दाबी समेत गर्नुभएको छ । बामगठबन्धन प्रति कांग्रेसलाई नआत्तिन आग्रह गर्नुभयो । आफुहरुले फुटेको बाम आन्दोलनलाई जोड्ने प्रयास गरेको भन्दै कांग्रेलाई पनि विचार मिल्ने पार्टी संग एकता गर्न सुझाव दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मधेसी जनताको पहिचान र अधिकारको आफु सदैव लड्ने जिकिर गर्नुभयो । पहिलो चरणमा बामगठबन्धनको स्पष्ट बहुमत आएको दाबी गर्दै उहाले अब दोस्रो चरणमा पनि बहुमत ल्याए बामगठबन्धनको सरकार बन्ने दाबी गर्नुभयो । अब नेपालमा समृद्धिको दिशामा अगाडी बढिसेकेको भन्दै आगामी पाँच बर्ष भित्रमा देशलाई एशियाकै विकसित मुलुकमा पु¥याउने प्रचण्डको जिकिर थियो ।
उक्त कार्यक्रममा कमल थापा नेतृत्वको राप्रपाका जिल्ला अध्यक्ष झिंकन कुर्मी बामगठबन्धनमा प्रवेश गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०७४ शनिबार ००:००  १० : ५५ बजे