१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डा. बाबुराम भट्टराई पकडी आउँदै



मायादेवी अनलाइन, कपिलवस्तु, १७ मंसिर ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई आइतबार कपिलवस्तु आउँदै हुनुहुन्छ । जिल्लाको मायादेवी गाउपालिका वाडं नं. १ अन्र्तगत पर्ने बर्रोहा चौराहामा हुन गईरहेको चुनाबी सभालाई सम्बोधन गर्न संयोजक भट्टराइ कपिलवस्तु आउन लाग्नुभएको हो पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराई जिल्लामा आउने भएपछि शान्ति सुरक्षा बजबुत पारिएको छ ।
यसैविच चुनाबको मिती नजिकिदै जादा नया शक्ति पार्टी नेपाल निर्वाचन क्षेत्र नंं १ ले घरदैलो अभियान अन्तिम चरणमा पु¥याएको बताएको छ । शनिबार क्षेत्र नं. १ को बाणगंगा नगरपालिका वाड नं. २ अन्र्तगत पर्ने कप्टैयामा कोणसभामा बोल्दै नया शक्ति पार्टी नेपालका जिल्ला संयोजक एवं प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार नारायण खनालले यस्तो जानकारी दिनुभएको हो । नया शक्ति क्षेत्र नं. १ ले शनिबार नै गब्दैया, तेनईया र भापपुर लगायतका स्थानमा समेत कोण सभा सम्पन्न गरेको बताईएको छ ।
कोण सभाको क्रममा समानुपातिक उम्मेदार खनालले मुलुकमा स्थिर राजनिति हुनु पर्ने बताउनुभएको छ । अहिलेका राजनितिक दलहरुले मुलुकलाई निकास दिन असक्षम भएकै कारण बैकल्पिक शक्तिको रुपमा नया शक्ति पार्टीको उदय भएको उहाले प्रष्टाउनुभयो ।
त्यसैगरि नया शक्ति नेपाल कपिलबस्तु निर्वाचन क्षेत्र नंं. १ प्रदेशसभा १ का उम्मेदार रहनुभएका पदम सोमै मगरले घरदैलो अभियानमा मतदाताको नया शक्ति प्रति लगाबको देखेर उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं. १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदार दान बहादुर चौधरी, समानुपातिक उम्मेदार रामलौटन तिवारी, समानुपातिक प्रदेश सभा उम्मेदार प्रेमकला आले लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  २ : ३९ बजे