१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेसको चुनावी प्रचार तिव्र, उम्मेदवार उपाध्याय र आचार्य मतदाता रिझाउन व्यस्त



मायादेवी अनलाइन, कपिलवस्तु, १७ मसिंर ।
नेपाली कागे्रंसका पार्टी सभापति एवं प्रतिनिधी सभा क्षेत्र न २ का उमेद्धार सुरेन्द्रराज आर्चायले जिल्लाको विकास र जातिय सद्भावको लागी आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । बुद्धभुमी नगरपालिको वडा नं १ पथ्थरकोटमा चुनावी सभालाई सम्वोदन गर्दै आर्चायले यस्तो बताउनु भएको हो ।
आफु सिंचाई राज्यमन्त्री हुंदा आफ्नो क्षेत्र दक्षिणी रहेतापनि सम्रग जिल्लाको विकासमा योगदान गरेको हुदां सम्रग जिल्लाको विकासको लागी आफु सधै लाग्ने समेत बताउनुभयो । महेन्द्रकोटको पथ्थरकोटमा रहेको नदि नियन्त्रण देखी सिमा क्षेत्र सिंहोखोर खोरीया, कजरहवा हर्दौना सम्मको नदि कटान समस्या समाधानको लागी योजना वनाई कामको सुरुवात गरी योजना संचालनमा रहेको समेत आर्चायले बताउनुभयो ।
बुद्धभुमी नगरपालिकाको सांसद आफु नभएता पनि सिंचांइ योजना र सडक र पुलहरु निर्माण गरेको हुंदा अव आफ्नो क्षेत्र र गृह नगर भएको कारण थप योगदान दिने समेत सो सभामा आर्चायले जानकारी दिनुभयो ।
कागे्रंस सवै जानजातिको पार्टी भएको कारण क्षेत्र नं २ को १ मा प्रदेश सभाको लागी थारु समुदायका उमेद्धार जवाहिरलाल चौधरी र २ मा मधेसी समुदायका उमेद्धार सुधाकर पाण्डेलाई उमेद्धार बनाएको हुंदा सो जनताले आफै बुझेको बताउनुभयो ।
सो अवसरमा वोल्दै प्रदेश सभाका उमेद्धार जवाहिरलाल चौधरीले जनजाती, आदिवासी, दलित, महिला तथा मधेसी समुदायको हक अधिकारको लागी एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो ।
लोकतन्त्रको विकास र स्वतन्त्रताको लागी सवैले काग्रेंसमा मतदान गर्न समेत चौधरीले अपिल गर्नुभयोे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ३ दर्जन युवा तथा महिलाहरु नेपाली काग्रेंसमा प्रवेश गरेको नेपाली काग्रेंस क्षेत्र नं १ सचिव अनिल घिमिरेले जानकारी दिनुभएको छ ।
यसैबिच नेपाली कांग्रेश प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुले चुनावी प्रचार प्रसारलाई थप तिव्रता दिएको छ । शनिबार सिसेनिया, चप्परगाउँर लौगाईका विभिन्न टोलहरुमा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभाका उमेद्धार दीप कुमार उपाध्यायले अबको पाँच वर्षमा कपिलवस्तु कृषिमा आकाशे सिंचाई रहित पूर्ण आत्म निर्भर र श्रोत साधनको उचित उपयोगद्धारा विकसित जिल्ला बन्ने घोषणा गर्नुभयो ।
उहाँले आसन्न निर्वाचनको मत पत्रमा विभिन्न चार स्थानमा रहेको रुख चिन्हमा स्वस्तीक छाप लगाए मात्र सो कुरा पूरा हुने दावी समेत गर्नुभयो । घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य पदका उमेद्धार पुरन थारु तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  २ : ४७ बजे