११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रचण्डको उद्घोष, ‘बलदेवलाई जिताउँनु म मन्त्री बनाएर पठाउँछु’



मायादेवी अनलाइन, कपिलवस्तु, १७ मंसिर ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चक्रपाणी खनाल ‘बलदेव’लाई जनताले चुनाव जिताए मन्त्री बनाएर पठाउने बताउनुभएको छ । बामगठबन्धनका शिर्ष कमाण्डर समेत रहनुभएका नेता प्रचण्डले बलदेव आफ्नो पहिलो रोजाईमा रहेको बताउनुभयो । कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडीमा भएको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उहाले आफु प्रधानमन्त्री हुँदा बलदेव प्रमुख राजनीतैकि सल्लाहकार भएकै कारण आफु प्रधानमन्त्रीमा सफल भएको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता प्रचण्डले शान्ति प्रक्रियामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मध्येका एक बलदेव भएको जिकिर गर्नुभयो । उहाले सेना समायोजनमा विशेष भुमिका खेलेर शान्ती प्रकृयाको काम पुरा गरेकाले शान्ती सुब्यवस्था मिलाउने गरी वामसरकारको मन्त्री बनाउने बताउनुभयो प्रचण्डले बलदेवलाई चुनाव जितेमा गृहमन्त्री बनाउने आशय प्रकट गर्नु भयो । बामगठबन्धनका साझा उम्मेदवार रहनुभएका बलदेव संगै जिल्लाका सबै बाम उम्मेदवारलाई भारी मतले विजयी बनाउन मतदाता समक्ष आग्रह गर्नुभयो ।
बामगठबन्धनलाई कपिलवस्तुबाट जिताए सिंचाई, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीमा कायापलट गरेर देखाउने प्रचण्डले बताउनुभयो । देशैभर बामगठबन्धनको लहरले देशमा बामगठबन्धनको सरकार बनिसकेको जिकिर गर्दै कपिलवस्तुमा पनि बामकिल्ला बनाउन आग्रह गर्नुभयो । चुनावको मिती नजिकिँदै जादा कपिलवस्तुमा बामगठबन्धनले जिते बोर्डर बन्द गर्ने अपवाह फैलिएको छ । त्यसलाई चिर्दै प्रचण्डले यसमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो ।
कांग्रेसले छर्दै आएको भ्रमलाई चिर्दै उहाले बामगठबन्धनको सरकार बने देशमा कुनै निरङकुशता नआउने स्पष्ट पार्नुभएको छ । चुनाव जित्नकै लागि मात्र निरङकुश शासनको कुरा आएकोले कुनै भ्रममा नपर्न प्रचण्डले मतदातालाई आग्रह गर्नुभयो । उहाले पहिचान र समावेशी करणको मधेशको मुद्धा सार्थक टुङगोमा पुरयाउने काम वाम सरकारको हुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा प्रतिनिधिसभा १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले कपिलवस्तुको विकासका लागि बामगठबन्धनलाई जिताएर हेर्न आग्रह गर्नुभएको छ । अरुलाई पटक पटक हेरेर बुझिसकिएको भन्दै यसापाली आफुहरुलाई हेर्न उहाले आग्रह गनुभयो ।
प्रतिनिधिसभा २ का उम्मेदवार बृजेश कुमार गुप्ताले मधेस र मधेसीको समस्याको समाधान बामगठबन्धनले मात्र गर्न सक्ने बताउनुभयो । बामगठबन्धनले नै यो देशको निकास दिन सक्ने देखेर आफुहरु स्वतन्त्र समूह पनि बामगठबन्धनमा आएको भन्दै ढुक्क हुन सबै मतादतालाई आग्रह गर्नुभयो ।
आमसभामा प्रदेशसभा १ का उम्मेदवार विष्णु पंथीले बामगठबन्धनलाई जनताले भारी मतले जिताउने उद्घोष गर्नुभयो । प्रदेशसभा २ का उम्मेदवार फैजल खानले मधेसी, पहाडी, हिन्दु, मुस्लिमको नाममा राजनीति गर्नेहरु हराएको भन्दै अब बामगठबन्धनले नै सबैलाई जोड्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  २ : ५० बजे