१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रदेश नम्बर ५ टुक्राउने पक्षमा थिए सुरेन्द्रराज आचार्य !



मायादेवी अनलाइन, कपिलवस्तु, १७ मंसिर ।
गत बर्ष यही महिनामा प्रदेश नम्बर ५ टुक्राउन थाल्दा कपिलवस्तुबासी सडकमा थिए । अखण्ड पाँच नम्बर प्रदेश राख्न माग गर्दै जनता सडकमा उत्रिरहँदा कपिलवस्तुका कांग्रेस सभापति सुरेन्द्रराज आचार्य ५ नम्बर प्रदेश टुक्राउनु पर्छ भन्ने पक्षका थिए । कतिपय कांग्रेसका नेता तथा कार्यकर्ता पार्टी भन्दा माथि उठेर पाँच नम्बर प्रदेश अखण्ड राख्नु पर्छ भन्ने पक्षमा थिए । तर सुरेन्द्रराज आचार्यले अखण्ड पाँच नम्बर प्रदेश राख्नुपर्छ भनेर भन्ने कार्यकर्तालाई ठाउँको ठाउँ कार्रबाही गर्ने चेतावनी दिन्थे ।
कांग्रेस नेता चन्द्र भण्डारीको सहित गुल्मिका सभापति भुवनप्रसाद श्रेष्ठ, रोल्पाका सभापति अमर पुन र अर्घाखाँचीका सभापति विष्णु मुस्कान अखण्ड पाँच नम्बरको पक्षमा उभिदा तिनै कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्र हुन विपक्षमा उभिने ।
जिल्लाका हजारौँ जनताको विपक्षमा उभिएका एक मात्र कांग्रेसका जिल्ला स्तरका शिर्ष नेता आचार्य नै हुन । कांग्रेस भित्रबाटै उनको चर्को आलोचना भैरहेको बेला पाँच नम्बर प्रदेश टुक्राउने पक्षमा लागेका उनी मंसिर २१ को निर्वाचनमा प्रतिनिधिसभा २ का उम्मेदवार बनेका छन । त्यस क्षेत्रमा त्यति लोकप्रिय नभएका आचार्यले चुनाव हार्ने लगभग निश्चित रहेको मतदाता दाबी गर्छन । तर आचार्यले आफ्ना प्रतिस्पर्धी कपिलवस्तुका सन्त, स्वच्छ छविका इमान्दर नेता बृजेश कुमार गुप्ता विरुद्ध चरित्र हत्या गरेरै चुनाव जित्ने दाउमा लागेका छन ।
उनले अहिले बामगठबन्धनका उम्मेदवार बृजेश कुमार गुप्ताका विरुद्ध अर्नगल प्रचार गर्न थालेका छन । उनले नितान्त गुप्ताको पारिवारिक कुरा उठाएर व्यक्तिगत द्धेष तर्फ लागेका छन । गुप्ताका विरुद्ध व्यक्तिगत चरित्र हत्या गरिएको प्रचा पम्पलेट टास्दँै गर्दा उनका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा बामगठबन्धनले आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  ११ : २३ बजे