१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनाव जित्न विभिन्न हतकण्डा अपनाउँदै अभिषेक !



मायादेवी अनलाइन, कपिलस्तु, १७ मंसिर ।
कपिलस्तिुको क्षेत्र न ३ को प्रतिनिधिसभाको चुनाव रोचक बन्दै गएको छ । २ पटक सम्म संघीय समाजवादी फोरम नेपालवाट चुनाव जितेर चर्चा बढुलेका अभिषेक प्रताप शाहलाई वाम गठबन्धनका उम्मेदवार इश्वर दयाल मिश्रा विच कडा प्रतिष्पर्धा रहेको छ ।
आफ्नो हारको सम्भावना देख्न थालेका शाहका कार्यकर्ताले जनतामा भम्र फैलाउन लागि परेका छन । यस क्षेत्रमा मुस्लिम मतदाताको मत जित हारमो निर्णायक हुने भएकोले तिम त आफ्नो पक्षमा नआउने देखे पछि पटक, पटक शाह संग हार्दै आएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मंगल प्रसाद गुप्ताको जित सुनिचित रहेको हल्ला फैलाइको छ ।
जसले गर्दा मुस्लिम मत मंगल प्रसाद गुप्ताको पक्षमा गए शाहको जित पक्का हुने र यस क्षेत्रको उत्तरमा रहेको सैद्धान्तिक मत कांग्रेसको भन्दा बाम गठबन्धनको बढि रहेको र मुस्लिम मत वाम गठबन्धनमा गए बाम गठबन्धनका उम्मेदवार इश्वर दयाल मिश्रको जित पक्का हुने भएकोले शाहका कार्यकर्ताले मुस्लिम मतदातालाई प्रभावित गर्ने योजना बनाएका छन् ।
यस क्षेत्रवाट पटक पटक जितेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले विकासको मुद्धा भन्दा जातियता मुद्धा बाहेक यस क्षेत्रमा कुनै पनि काम नगरेको युवा नेता लोकेस थापाले बताए ।
यस क्षेत्रका जनताले विकास र परिर्वतन चाहेको बेला कपिलवस्तुको क्षेत्र वाट २ पटक सम्म जित हातपारेका शाहले आफनो निर्वाचन क्षेत्रमा कुनैपनि विकासको काम नगरेको र १० वर्षमा आफ्नो क्षेत्रलाई १ सय वर्ष पछि पारेको यहाँका जानकारहरु बताउँछन ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  २ : ०८ बजे