१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कांग्रेसले बहुमत पाए पनि केही गर्न सकेन – डा. भट्टराई



दिपक अनुरागी, कपिलवस्तु, १७  मंसिर ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले दुई दुई पटक बहुमतको सरकार बनाए पनि देशको बिकास गर्न नसकेको बताउनुभएको छ । कपिलवस्तुको मायादेवी गाउपालिका १ पकडीमा आइतबार भएको चुनावी आमसभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले कांग्रेस माथि यस्तो आरोप लगाउनुभएको हो । सभामा भट्टराईले एमाले र माओबादी केन्द्रले पनि सरकारको नेतृत्व गरेपनि देश विकास गर्न नसकेको जिकिर गर्नुभयो ।
कपिलवस्तुका मधेसी जनताको विचमा अवधि भाषामा सम्बोधन गर्दै भट्टराईले ठुला पार्टीबाट विकासको आशा गर्न नसकिने ठोकुवा गर्नुभयो । निर्वाचनको बेला ठुला दलले विभिन्न आश्वासन बाड्दै हिडेपनि उनीहरुबाट देश विकास हुन नसक्ने उहाको दाबी थियो । नयाँ शक्ति पार्टीले चीन र भारत संगको सम्बन्ध बजबुत पारेको भन्दै अहिलेका दुई ठुला गठबन्धन मध्ये कोही भारत नजिक त कोही चिन नजिक रहेको टिप्पणी गर्नुभयो ।
आमसभामा उहाले आसन्न निर्वाचनको मतपरिणामबाट नयाँ शक्ति पार्टी प्रतिपक्षको हैसियतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो । देशमा तिव्र आर्थिक विकास गर्नका लागि नयाँ शक्ति पार्टी स्थापना गरेको भन्दै अब निर्वाचन पछि पार्टी निर्माण तिर लाग्ने उहाले बताउनुभयो ।
प्रतिनिधिसभा १ का उम्मेदवार तथा पूर्व मन्त्री दान बहादुर चौधरीको चुनावी आमसभालाई सम्बोधन गर्न डा.भट्टराई कपिलवस्तु आउनुभएको हो ।

 

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  २ : ०५ बजे