७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कांग्रेस कार्यकर्ता प्रहरी खोरमा, बाम उम्मेदवारको चरित्र हत्या गरेको आरोप



कपिलवस्तु, १८ मंसिर ।
कपिलवस्तुको प्रतिनिधी सभा २ का बाम उम्मेदवार वृजेश कुमार गुप्ताको चरित्र हत्या गर्ने किसिमका पर्चा सामाग्री सहित कांग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धभूमी नगगरपालिका ४ डाबरामा कांग्रेस कार्यकर्ताले बाम उम्मेद्धवार गुप्ता विरुद्ध भ्रामक प्रचार सामाग्री वितरण गरेपछि स्थानीयबासीले बेलुकी ४ बजे उनीहरुलाई गाडी सहित नियन्त्रणमा लिएका थिए । कांग्रेसको प्रचारमा प्रयोग गरिएको लु १ ज ३६०४ र लु १ ज २९१७ नम्बरका गाडी त्यहा राखिएका प्रचार सामाग्री सहित नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् ।
निर्वाचन नजिकिदै जादा कांग्रेस उम्मेद्धवारहरुले अर्नगल तथा भ्रामक प्रचार गरिरहेको स्थानीयबासी मधुसुदन पौडेलले आरोप लगाए । आफ्नो ऐजन्ेडा भन्दा पनि अरु उम्मेद्धवारको चरित्र हत्या गर्ने मनसायले गरिएको उक्त घृणित कार्य प्रति जनता कांग्रेस संग दुखी भएको भन्दै उहाले स्वच्छ प्रतिस्प्रधाबाट नेता बन्न आग्रह गर्नुभयो । पक्राउ परेका कांग्रेस कार्यकर्ताहरुले उम्मेद्धवार सुरेन्द्रराज आचार्यको निर्देशनमा उक्त प्रचार सामाग्री वितरण गरिएको जानकारी दिए ।
कांग्रेसले वितरण गरेको उक्त प्रचार सामाग्रीमा श्रीमतीलाई यातना दिएको, दाइजो मागेको, भ्रष्टाचार गरेको लगायतका झुठा आरोप लगाइएको छ । निर्वाचन कार्यालयले भने यस प्रकारका आरोप प्रत्यारोप जन्य सामाग्री उत्पादन र वितरण गर्न नपाइने र यस्तो गरेको पाइएमा आचार संहिता अन्र्तगत कारवाही अघि बढाइने जनाएको छ ।
प्रचार सामार्गी, कार्यकर्ता र प्रचारमा प्रयोग गरिएका सवारी साधन प्रहरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय तौलिहवामा बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चरित्र हत्या गर्नु आचार संहिता विपरित भएकाले मुख्य निर्वाचन अधिकृतले उजुरीका आधारमा कारवाही अघि बढाइने जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  २ : ४९ बजे