८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राप्रपा जिल्ला अध्यक्ष सहित सिंगो जिल्ला समिति वाम गठबन्धनमा विलय, कांग्रेसमा पनि पहिरो !



कपिलवस्तु, १८ मंसिर ।
राप्रपा कपिलवस्तुको सिंगो जिल्ला कमिटी वाम गठबन्धनमा प्रवेश गरेको छ । शनिबार वर्रोहियामा भएको वामगठबन्धनको चुनावी सभामा राप्रपा कपिलवस्तुका जिल्ला अध्यक्ष झिन्कन कुर्मी चौधरी, उपाध्यक्ष रामेश्वर चौधरी, जिल्ला सदस्य मुस्लीम गद्धी, तुल्सीराम लोनिया, बेचन कुर्मी लगाएत ११ जना जिल्ला कमिटीका सदस्यहरु वाम गठबन्धनमा प्रवेश गरेका हुन् । यस्तै नेपाली कांग्रेसकि नेतृ अन्जना राना सहित दर्जन बढी कार्यकर्ता पनि गठबन्धनमा प्रवेश गरेका छन ।
उहाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका पोलिटब्यूरो सदस्य बेदुराम भुषालले संयुक्त रुपमा टिका लगाई गठबन्धनम प्रवेश गराउनु भएको हो । वाम गठबन्धनमा प्रवेश गरेका राप्रपाका जिल्ला अध्यक्ष झिन्कन कुर्मीले छिट्टै एमाले र माओवादी विच पार्टी एकता हुने भएकाले वाम गठबन्धनमा प्रवेश गरेको बताउनु भयो ।
उहाले क्षेत्र नम्बर २ मा आफु सहित राप्रपाको सम्पूर्ण टिम वृजेश कुमार गुप्तालाई जिताउन लागी पर्ने बताउनु भयो । राप्रपाका अध्यक्ष कमल थापाले परिवर्तन विरोधी कांग्रेस संग गठबन्धन गरेकाले सो पार्टी परित्याग गरेको कुर्मीले दाबी गर्नु भयो ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : २७ बजे